बिर्तामोडमा कुटपिटपछि आक्रोशित समूहद्वारा प्रहरी चौकी तोडफोड, तीन जना पक्राउ

बिर्तामोडमा कुटपिटपछि आक्रोशित समूहद्वारा प्रहरी चौकी तोडफोड, तीन जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • झापाको बिर्ताबजार प्रहरी चौकीमा तोडफोड हुँदा झ्यालका सिसा फुटेका र कम्प्युटर टेबलमा क्षति पुगेको छ।
  • सुजन राईमाथि भएको कुटपिटपछि आक्रोशित भीडले प्रहरी चौकीमा आक्रमण गरेपछि प्रहरीले तीन जनालाई स्थानान्तरण गर्‍यो।
  • घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।

झापा- झापाको बिर्तामोडस्थित बिर्ताबजार प्रहरी चौकीमा एक आक्रोशित समूहले तोडफोड गरेको छ। बिहीबार दिउँसो करिब १: ३० बजे सामान्य विवादका क्रममा एक युवकमाथि कुटपिट भएपछि उत्पन्न तनावका कारण उक्त घटना घटेको हो।

बिर्तामोड–३ स्थित काजी पार्टी प्यालेसमा कार्यरत बाह्रदशी–४ का सुजन राईमाथि कुटपिट भएको थियो। कुटपिटमा सोही पार्टी प्यालेसका सञ्चालक २९ वर्षीय आकाश खड्कासहित कर्मचारीहरू ४० वर्षीय कोमल शिवाकोटी र २७ वर्षीय विपिन बुढाथोकी संलग्न थिए। घाइते राईको हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले कुटपिटमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर बिर्ताबजार चौकीमा राखेको थियो। सोही क्रममा सुजन राईको पक्षमा आएका ३५–४० जनाको उत्तेजित भीडले प्रहरी चौकीमा आक्रमण गरेको हो।

भीडको आक्रमणबाट चौकीको अगाडिको झ्यालका सिसा फुटेका छन् भने कार्यालय परिसरभित्र रहेको कम्प्युटर टेबलमा समेत क्षति पुगेको छ।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा स्थानान्तरण गरेको छ। प्रहरी चौकी तोडफोडमा संलग्न अन्य व्यक्तिहरू भने हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

पार्टी प्यालेसका सञ्चालक आकाश खड्काले सुधार केन्द्र समेत सञ्चालन गर्दै आएको र उनले यसअघि पनि पटक-पटक यस्ता उच्छृङ्खल र विवादास्पद गतिविधिहरू गर्दै आएको खुलेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?