‘दैवी राजतन्त्र’बाट संवैधानिक राजतन्त्रतर्फको संक्रमण: सन्दर्भ थाइल्यान्ड

‘दैवी राजतन्त्र’बाट संवैधानिक राजतन्त्रतर्फको संक्रमण: सन्दर्भ थाइल्यान्ड
+
-
देशसञ्चार AI सारांश
  • हामी राजसंस्थालाई निरङ्कुश, संवैधानिक, र निर्वाचित अवधारणामा बुझ्छौं तर व्यवहारमा अन्य मिश्रित स्वरूप देखिन्छ।
  • राजा भूमिवोलले थाई शाही प्रभावलाई व्यापार र धर्मसँग जोड्दै थाइल्यान्डको सार्वजनिक जीवनमा सुदृढरुपमा स्थापित गरे।
  • नेपालको हिन्दु राजसंस्थाको मोडल थाइल्यान्डको मिश्रित धार्मिक अभ्याससँग मेल खाँछ, इन्डो-एसियाली मान्यताहरुलाई अपनाएर।

राजसंस्थालाई सामान्यतया: तीन रुपमा बुझ्छौं- निरङ्कुश, संवैधानिक र निर्वाचित। ‘कागजी रुपमा’ राजतन्त्र संविधानत: कुनै एक ढाँचाभित्र अटाउन सक्छ, तर व्यवहारमा त्यसमा केही संक्रमण तथा रमाइला मिश्रित स्वरूप पनि देख्न सकिन्छ। उदाहरणका लागि सन् १९०५ मा डेनिस राजकुमार कार्लको छनोट आमनिर्वाचन मार्फत गरिएको थियो। उनी स्वतन्त्र नर्वेका पहिलो राजाका रूपमा स्थापित भए। तर, त्यसपछिका दुई पुस्ता राजाहरूले वंशानुगत रुपमा गद्दी आरोहण गरे। नर्वेको संवैधानिक राजसंस्थाबारे रोचक चर्चाहरू भएका छन्। अहिले ‘इपस्टिन फाइल’ का कारण राजसंस्थाबारे हलचल मच्चिएको छ। म नर्वेजियन मामिलालाई अर्को आलेखमा ल्याउने छु।

यो लेखमा भौगोलिक र ऐतिहासिक रुपमा नेपालसँग नजिक राजसंस्थाका सांस्कृतिक स्वरुपबारे रोचक पक्ष बाहिर ल्याउँदै छु। राजसंस्था तथा राजतन्त्रबारे तुलनात्मक अध्ययनमा चाख राख्ने एउटा समाजशास्त्री तथा अध्येताका रुपमा थाइल्यान्डको राजधानीमा बस्ने अवसर पाउनु मेरो लागि भाग्यकै कुरा थियो। राजा भूमिबोल अर्थात रामा नवौंको शासनकाल (१९४६-२०१०) को अन्तिम वर्षतिर जुरेको थियो त्यो अवसर। म राष्ट्रसंघीय एक अधिकृतका रुपमा कार्यरत थिए त्यो बेला। युएन इएससीएपी (संयुक्त राष्ट्र संघीय आर्थिक सामाजिक आयोग एसिया प्यासिफिक) क्षेत्रीय प्रमुखका रुपमा त्यसको सदस्य राष्ट्र नेपाल मेरो कार्यक्षेत्रमा पर्थ्यो। तर त्यसअघि सन् १९९० को दशकमा गोर्खाली राज्य निर्माणको इतिहासले मेरो प्राज्ञिक ध्यान आकर्षित गरिसकेको थियो।

म यो लेखमा यी प्रश्नहरुमाथि छलफल गर्ने छु: बिसौं शताब्दीको पहिलो चरण र २१ औं शताब्दीका प्रारम्भिक वर्षहरूमा ‘आधुनिक’ थाई राजसंस्थाबारे के कुरा महत्वपूर्ण थिए? नेपालमा समाप्त गरिएको शाह वंशीय राजसंस्था (१७४३-२००८) सँग केही मिल्दाजुल्दा केही घटना र ऐतिहासिक धार्मिक संस्थाहरूबीच केही समानता छन् थाई राजवंशको। निरङ्कुशबाट संवैधानिक राजसंस्थातर्फको संक्रमणमा केही निरन्तर प्रवृति या संवैधानिक राजसंस्थाले केही जरो गाडेको देखिन्छ कि? वैकल्पिकरुपमा के आधुनिक विकास र संवैधानिक आवरणमा अधिनायकवादी शाही शासनले फर्कने सम्भावना देखेको त हैन?

पुनर्ताजगीसाथ चक्री राजसंस्था

भनिन्छ कि राजा भूमिवोल अर्थात रामा नवौंले सन् १९४६ यता चक्री राजवंशलाई थाइल्यान्डको सार्वजनिक जीवनमा सुदृढरुपमा स्थापित गरे, राजनीतिक र धार्मिक रुपमा मात्र नभएर, एउटा व्यापारिक ‘ब्रान्ड’ र आर्थिक कारक या कर्ताका रूपमा पनि।

१९ वर्षको कलिलो उमेरमा भूमिवोलले राजगद्दी आरोहण गरे,  अहिलेसम्म रहस्यमै रहेको उनका ठूल्दाइ तथा गद्दीका प्रथम हकदारको दरबारभित्रै गोली लागी मृत्यु भएपछि उनको गद्दी आरोहण सन् १९३२ मा बिना रक्तपात सम्पन्न क्रान्तिको एक दशकपछि भयो। यो क्रान्तिले नै थाइल्यान्डमा संवैधानिक राजतन्त्रको स्थापना सुनिश्चित गर्‍यो।

सन् २००६ थाइ राजाको राज्यारोहणको ६० वर्ष पूरा भएको अवसर थियो। म त्यहाँ राजधानीमै बस्थें त्यसबेला र राजालाई कति सम्मान गर्थे जनताले, त्यो मैले देख्ने मौका पाएको थिएँ। उनीसँग दैवी या चमत्कारिक शक्ति भएको विश्वास पनि थियो, कतिमा। वर्षा आह्वान गर्दा राजा निकट एजेन्सीहरुले यथार्थमा प्रदर्शन गर्थे त्यसलाई। वायु सेवासँग आवद्ध व्यक्तिहरुले रासायानिक पदार्थहरु छर्थे जसले वातावरणमा आद्रता बढाउँथ्यो, जसका कारण वर्षा हुने सम्भावना वढ्न जान्थ्यो।

सन् १९६२ को १५ सेप्टेम्बरमा ‘द डिपार्टमेन्ट अफ रोयल रेनमेकिङ्ग एन्ड एग्रिकल्चरल एभिएसन’ स्थापित भयो, तर राजदरबारमा यी प्रयोग निकै अघि नै शुरु भएका थिए राजा भूमिबोलकै पालामा।

पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीको हजार बुद्धको मन्दिरमा आयोजित विशेष प्रार्थनामा चोकी निमा निम्पोछेको साथमा।

यो एउटा अक्सर बहसमा भएको विषय हो। एउटा शाही प्रयोगले कसरी आधुनिक विज्ञान र प्रविधिलाई प्रयोग गर्छ र खडेरीको सम्भावनालाई घटाउन सक्छ भन्ने देखाउन। वर्षा गराउनसक्ने राजाले ब्राम्हण र बौद्धधर्मका मान्यतालाई आत्मसात गर्दै धार्मिक दैवी राजाका रुपमा प्रकृतिमा हस्तक्षेप गर्ने गर्छन्, आफ्ना प्रजाका हितका लागि।

मैले २००६ मा हेरेको ६० औं लोकप्रिय शाही ‘जुबली’ मा अर्को नयाँ कुरा पनि थियो। मुलुकभरिका पसलहरुबाट चिठ्ठा बेचिएका थिए। ती चिठ्ठामा शाही परिवारका शुभ संख्याहरु प्रयोग गरिएका थिए, जस्तै ९६०, ९९२  र ६०। चक्री वंशको नवौं राजालाई जनाउन यी संख्या प्रयोग गरियो। ९९२ उहाँको कारको नम्बर थियो। त्यसबाट फस्टाएको व्यापारलाई  ‘शुभ’ संकेतको शाही चमत्कारका रुपमा हेरिएको थियो।

‘रामा’ नवौंको ७० वर्षीय लामो शासनमा थाइल्यान्डमा राजनीतिक उथलपुथल प्रजातान्त्रिक सुदृढीकरण, खडेरीजस्ता घटना भए। अर्थतन्त्रको ओरालो र उकालो प्रवृत्ति पनि देखिए। यो अनि मैले व्यवहारमा एउटा सक्रिय दैवी बुद्धमार्गी राष्ट्रप्रमुख तर, कागजमा अथवा कानुनमा भने पश्चिमा प्रजातान्त्रिक आकांक्षा तथा कानुनवाट निर्देशित संवैधानिक राज्यको मिश्रित अस्तित्व देखेँ। राजसंस्थाको पुन दैवीकरण भने सन् १९५७ को तख्तापलटबट सुरु भयो। जनरल सरित थानारातको नेतृत्वमा भएको त्यो तख्तापलटको राजनीतिक योजनामा यो तथ्यलाइ जानाजान प्रयोग गरियो। उनी पछि (१९५९-६३) प्रधानमन्त्री बने।

तख्तापलट योजनाको भित्री तहमा उच्चस्तरीय सैनिक र निजामती अधिकारीहरू, राजपरिवारका सदस्यहरू, भारदार र राजतन्त्र पक्षीय कर्मचारीहरूसँगै राजसंस्थावादी र परम्परागत विशिष्ट व्यक्तिहरु थिए। वास्तवमा एउटा ठूलो सञ्जाल थियो त्यो।

वास्तवमा,  सन् १९७० को दशकमा आधिकारिक दस्तावेजहरूले एउटा प्रजातान्त्रिक, केही हदसम्म पन्थ निरपेक्ष संवैधानिक राजतन्त्रतर्फ मुलुक अगाडि बढ्नुपर्नेमा जोड दिएको देखिन्छ। तर, यो लक्ष्यलाई सन् १९८० र १९९० का दशकहरुमा खासै अगाडि बढाइएन।

यो पुन: दैवीकरण शायद एउटा अनुदारवादी राजनीतिक योजनाका रुपमा त्यत्ति सफल हुने थिएन होला, यदि विश्वव्यापी हिसाबले नै ‘इस्लाम’ धर्म र राजनीतिक हैसियतका साथ नफैलिएको भए। तर, दोस्रो कारण पनि थियो त्यहाँ। बजार र उपभोक्तावादले हाँकेको ‘धार्मिकता’लाई आधुनिक आम सञ्चारले अघि बढाएका थिए।

बहसका हिसाबले भन्ने हो भने थाइ राजाको मार्गचित्रमा स्पष्ट लक्ष्यका साथ निरङ्कुशताबाट संवैधानिक राजतन्त्रको बहाना देखिँदैन। बढी समयको लेखाजोखा गर्ने हो भने अझ स्पष्ट हुन्छ यो कुरा। त्यसअघि नै १९ औं शताब्दीमा थाई राजघरानाले केही हदसम्म आन्तरिक आधुनिकीकरणतर्फ कदम बढाएको थियो। ‘भिक्षुवाद’ को प्रशासनिकीकरण र बुद्ध मार्ग (डक्ट्रिन) लाई तार्किक र आलोचनात्मकरुपमा हेर्न प्रोत्साहित गरेर।

हजार बुद्धको मन्दिरअगाडि पूर्वराजा ज्ञानेन्द्र शाह र चोकी निमा रिम्पोछे। तस्बिरः भगवान ओझा।

यो बुझ्नका लागि नेपाल र थाइल्यान्डका राजनीतिक र शाही इतिहासका दुई साझा पक्षबारे ध्यान दिनु जरूरी छ। पहिलो, दुवै मुलुक कहिल्यै उपनिवेश बनेनन्। शाही प्रभावमा रहेको संस्थाहरू न त उन्मूलन भए कहिल्यै, न त पश्चिमा र औपनिवेशिक शक्तिहरुले आमूल रुपमा परिवर्तन या सुधार गरे तिनीहरूलाई। अर्को दुवै मुलुकका राजसंस्थाहरूले इन्डो- एसियाली समूहका साझा मान्यताहरुलाई अपनाएर।

चक्री वंश र गको इन्डो-एसियन विरासत

चक्री वंशको जगमा तीन ओटा राजनीतिक र सांस्कृतिक खम्बाहरु छन्। पहिलो कच्चा र कुनै खालको उदासीनताको शक्ति जुन राम्रा र नराम्रा दुवै हुन सक्छन्। राजनीतिक र सैनिक वर्ग सत्ताको चाहनामा या उत्तराधिकारको प्रतिस्पर्धामा राजपरिवारले पनि यी पक्षलाई प्रयोग गरेको पाइन्छ। दोस्रो ‘करिश्मा’ मा आधारित शक्तिको प्रयोग नैतिक र धार्मिक आचरणका व्यक्तिहरूमा  भएका पक्षहरू के हुन् त यस्ता शक्तिका स्रोत? पूर्वजन्मका सात्विक कर्मका पूण्यहरू। तेस्रो कुनै शक्ति (स्पिरिट) या साधुहरु प्रदत्त सामग्रीहरूको प्रभाव। मानवहरूलाई आशिर्वादका साथ कर्मकाण्ड सम्बन्धी ज्ञान अनि त्यसको प्रयोगको आधिकारिकता प्रदान गरियो, राजा, भिक्षु (धर्म अभ्यासकर्ता) र ऋषिहरूसँग जोड्दै। राजा भूमिवोलको शासनमा एउटा तीन तहको अभ्यास निर्माण गरियो- वुद्ध धर्म, हिन्दु धर्म, पितृ या पुर्खा पूजाको परम्परालाई मिश्रण तथा समाहित गरेर।

नेपालको हिन्दु राजतन्त्र ‘मोडल’ सँग त्यसलाई तुलना गर्न सकिन्छ। धार्मिक तथा दैवी शासकलाई विष्णुको अवतारका रुपमा हेरिन्छ। विशेष शक्तिद्वारा प्रेरित र रक्षित योद्धा, राजगद्दीमा उत्तराधिकारी अनि गुरु गोरखनाथका भक्त गुरु गोरखनाथ गोर्खा वंशका इस्टदेव पनि हुन्। गुरु गोरखनाथका ती सर्वोच्च भक्तलाई काठमाडौँ वसन्तपुरमा स्थापित जीवित शक्ति माता कुमारीको आशिर्वादले वैधानिकता दिने गरेको परम्परा छ यहाँ।

एउटा प्राचीन अर्थ दैनिक खालको यस्तो राजसंस्थाको जनआकांक्षाबाट निर्देशित संवैधानिक राजसंस्थामा अन्तर्निहित मान्यतासँग सहजै मेल खाँदैन। उसले शासन गर्ने हैन, तर आसनमा हुनु पर्छ भन्ने मान्यता हुन्छ आधुनिक संविधानमा। म आगामी लेखमा यस्ता सांकेतिक अभ्यासबारे प्रष्ट पार्ने छु। ‘नार्डिक’ संवैधानिक राजाहरूको सार्वजानिक प्रस्तुति र दायित्वहरुमा यो विषय केन्द्रमा रहेको हुन्छ।

म फेरि एउटा तथ्यमा जान चाहन्छु। वुद्ध दर्शन, व्राह्मणवाद र मिश्रित थाइ मोडलबीच ‍समानता छ, नेपालको दैवी र मिश्रित हिन्दु मोडलमा आधारित शाह वंशीय राजसंस्थासँग, जसलाई सन् २००८  मा समाप्त गरिएको थियो। व्राहम्णवादमा आधारित ‘देवराजा’ मोडल एउटा इन्डो एसिया विरासत हो र वुद्ध धर्मको ‘थेरावाद’ मा वर्णित धर्म राजाको अवधारणा अनुरुप मानिन्छ। यो वुद्धधर्ममा मानिएको ‘नैतिकता’मा आधारित छ।

नेपाल र थाइल्यान्डबीचको प्राचीन शाही विरासतलाई बुझ्न जनकपुरको रामजानकी मन्दिर र ब्यांककस्थित राजदरबारबीच हुने प्रसाद स्वरुप उपहारको आदानप्रदानलाइ हेर्नुपर्छ। त्योसँगै प्रबुद्ध थाई नेपाली भिक्षुहरु (शाक्य) हरू थाइल्यान्डमा सांस्कृतिक राजदूत र पूज्य व्यक्तित्वका रुपमा रहँदै आएका छन्। हालै मात्र थाइल्यान्डका शाही ‘नोबल कन्सर्ट’ चाओ खुन फ्ला सिनिगत विलसा कल्याणीले लुम्बिनी यात्रा गर्नुभयो जनवरी (२०२६) को अन्त्यतिर। थाइ राजसंस्थाको भारत तथा नेपालस्थित तीर्थ यात्राको क्रममा लुम्बिनीमा अवस्थित शाही थाइ गुम्बाको प्रार्थना नेपाल तथा भारतका लागि सम्मानित थाइ दूतद्वारा विशेष समारोह आयोजना गरियो।

प्राचीन, अर्धपरम्परागत र पुँजीवादको समागम

थाइ शाही आधिकारिकता र महत्व सम्बन्धी  वर्तमान स्रोततर्फ हेरौं। विगत ४०/५० वर्षमा राजसंस्थाले नवउदारवाद र बजारसँग आवद्ध मूल्यहरुलाई परिचालन गरेर पनि फाइदा उठाएका छन्। मैले सन् २००० को दशकमा वर्षहरुमा थाइल्यान्डमा आम व्यक्तिहरुमा पैसा एकत्र गरी ‘धनी’ व्यक्तिको हैसियत खोज्ने गरेको देखेको थिँए। बजारमा चिठ्ठासँगै अष्टधातु या धार्मिक व्यक्तिहरूको अंग या अन्य प्राचीन सामग्रीसँग आवद्ध उद्योग, आधुनिक छापा उद्योग आदिको स्थापनासँगै सञ्चार उद्योगको राजपरिवारप्रतिको चासो स्पष्टसँग  देखिन्थ्यो। समकालीन थाइ राजाहरु एकदमै धनीमध्ये पर्थे। वर्तमान नरेश वज्रलोङकनले सन् २०१६ मा राजगद्दी आरोहण गर्दा रामा १० औंका रुपमा उनको राज्यभिषेक केही वर्षपछि हुने वाला थियो। त्यसैवेला उनले वृहत आकारको सन्दुक विरासतमा हासिल गरेका थिए। उनले पूर्ववर्ती राजाका सम्पतिको ठूलो हिस्सा र थाइ संस्थाहरुसँग जोडिएका विविध समृद्ध क्षेत्रको स्वामित्व हासिल गरेका थिए।

राजाले २०१६ मा पहिले कुनै रुपमा राज्यको नियन्त्रणमा रहेका ‘क्राउन प्रोपर्टी’ ब्यूरोको आर्थिक नियन्त्रणलाई प्रत्यक्ष नियन्त्रणमा लिएका थिए।

अरु जटिल विषयहरु पनि आए। राजसंस्थाको आलोचना विरुद्धको कठोर कानून (लेस्से मेजिस्टिक ल, खासगरी अपराध संहिताको धारा ११२) ले कानुन उल्लंघनको दोषी देखिएका सम्बन्धित व्यक्तिलाई ३ देखी १५ वर्षको कैद सजायको व्यवस्था गरेको छ। सयौँ व्यक्तिहरु थुनामा छन्। तिनीहरुमध्ये ठूलो संख्यामा जेन-जेड उमेर समूहका छन्। तिनीहरु प्रजातन्त्र, नागरिक समाज या राजनीतिक कार्यकर्ताहरू हुन्। एउटा संवैधानिक राजसंस्था सहितको मुलुकमा त्यस्ता सजायलाई अनुचित नै मान्नु पर्छ। यो अपराध सम्बन्धी कानुन स्पष्ट रूपमा निरङ्कुश राजतन्त्रको पक्षमा देखिन्छ र यसको उपस्थितिले थाइ शाही शासनको मिश्रीत रूपलाई उदांगो पार्छ।

प्रारम्भिक राजवंशहरूमा थाई राजकीय स्वरूपहरू

सुखोथाई अधिराज्य १३ औँ देखि १५ औँ शताब्दीसम्म पछाडि फर्केर हेर्दा, सुखोथाई छिमेकी अयुत्थाया अधिराज्यको अधीनस्थ राज्य  रहेको समयमा समेत त्यहाँ बौद्ध स्वरुपकै प्रधानता थियो। अयुत्थाया कालको शासन व्यवस्थामा बुद्धलाई हिन्दू देवमण्डलको एक हिस्सा बनाएर यी दुई स्वरुपहरू (बौद्ध र हिन्दू) बीच प्रारम्भिक समन्वय गरिएको देखिन्छ। राजालाई विष्णुको अवतार मानिन थालियो। चक्री राजवंशको स्थापना र बैंककमा राजधानी सरेसँगै, ‘रामा’ प्रथमले बौद्ध धर्मलाई सियाम (थाइल्याण्डको पुरानो नाम)को मुख्य धर्मको रूपमा पुनः स्थापित गरे। तर, राजाले   ब्राह्मण, वैदिक परम्पराका विचारहरूलाई धार्मिक अनुष्ठान र प्रमुख राजकीय प्रतीकहरूबाट पूर्ण रूपमा हटाएनन्।

​नयाँ राजधानीको लागि पाली भाषाबाट लिइएको नाम “इन्द्रको उपहार” अर्थात् पुनर्जन्म प्राप्त देवताको निवास स्थान, यसको ज्वलन्त उदाहरण हो। नयाँ आन्तरिक  सहरलाई चाओ फराया नदीको दुवै किनारमा एउटा मण्डला (अष्टकोणीय घेरा) को रूपमा निर्माण गरिएको थियो, जसको ब्रह्माण्डीय केन्द्रमा भव्य राजकीय दरबारहरू, नगर स्तम्भहरू र चम्किला मन्दिरहरू थिए।

​त्यस समयको सियाम सामन्ती थियो। पुरानो बैंकक (१७८२-१९१०), जसलाई औपचारिक रूपमा रत्नाकोसिन भनिन्थ्यो, त्यसको निर्माणका लागि उत्तरी पहाडी प्रान्तहरूका जातीय समूहहरू र पतन हुँदै गएको खमेर साम्राज्य (जुन ११औँ-१३औँ शताब्दीमा आफ्नो चरमोत्कर्षमा रहँदा वर्तमान कम्बोडिया, थाइल्याण्ड, लाओस र भियतनामसम्म फैलिएको थियो) बाट ल्याइएका बँधुवा मजदुर र युद्धबन्दीहरूले मुख्य श्रमशक्तिको काम गरेका थिए। तल्लो वर्गका बस्तीहरू सहरको छेउछाउमा थिए। राजा र उनका प्रतिनिधिहरूसँग कर लगाउने, जग्गा दिने, नियुक्ति गर्ने, दण्ड दिने र श्रमका लागि मानिसहरू भर्ती गर्ने असीमित अधिकार थियो। यहाँ पनि, नेपालका शाह राजाहरू र काठमाडौँ उपत्यकाको पवित्र भूगोल (sacred geography) सँग अचम्मको समानता भेटिन्छ।

तस्बिरः भगवान ओझा

(लेखक नर्वेस्थित आर्काटिक विश्वविद्यालयको ‘पब्लिक पोलिसी एन्ड कल्चरल अन्डरस्टान्डिङ’ विभागमा प्राध्यापक छन्। उनी विगत चार दशकभन्दा बढी समयदेखि एसिया र एसियाली मामिला अध्ययनसँग जोडिएकी छन्।)

email; tone.bleie@uit.no

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?