धनगढी- रास्वपा सभापति रवि लामिछानेले आसन्न निर्वाचनबाट बेथिति अन्त्य गर्नुपर्ने बताएका छन्।
बुधबार धनगढीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले फागुन २१ गते एकैपटक बेथिति अन्त्य गर्नेगरी मतदान गर्न आग्रह गरे।
बेथिति अन्त्यका लागि आफूहरु आएको भन्दै उनले आफूहरुको कि अन्य पार्टीको सटर बन्द गर्न आग्रह गरे ।
‘मत पत्रमा छाप लगाउने फागुन २१ मा हो । अहिले मनपत्रमा छाप लगाउने हो । सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्न काम बन्द हुनुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ । बेथिति बेरोजगारीको सटर बन्द गर्ने हो सबै सटर बन्द गर्ने हो एकैपटक,’ सभापति लामिछानेले भने ।
आफ्नो पार्टीलाई बहुमत दिलाएर देशमा स्थायी सरकार बनाउन आग्रह गरेका उनले आफूहरुले गरेको वाचा पूरा गर्ने दाबी पनि गरे ।
अरु दलले वाचा पूरा नगर्दा जनताले दुःख भएको भन्दै सभापति लामिछानेले भारतमा रहेका सुदूरपश्चिमका नागरिकलाई मतदान गर्न पनि आग्रह गरे।
‘छुट्टी मिलाएरै भए पनि आउनुहोला देश बदल्नुपर्छ । यसपटक जनताले जित्नुपर्छ,’ उनले भने ।