अ
+
अ
अ
-
धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले बुधबार धनगढीमा सम्बोधन गर्दै आफू मत माग्न नभई काम माग्न आएको दाबी गरेका छन्।
उनले नेपाललाई स्विट्जरल्यान्ड बनाउनु जरुरी नभएको किनभने सुदूरपश्चिमका बढीमालिका, रामारोशन, खप्तड स्विट्रल्यान्डभन्दा राम्रो रहेको बताए। ‘स्विटजरल्यान्डको बाउ बढीमालिका यहीँ छ… हामी नेपाली माल भएको, चाल नपाएको मान्छे पर्यौँ,’ उनले भने।
सभामा तीन मिनेटमात्र बोलेका बालेन शाहले अभिव्यक्तिको अन्त्यमा ‘आई लभ यु’ भन्दै जनताको मत जित्ने प्रयास गरेका थिए।
उनले आफूलाई बोल्न नआउँदै उल्लेख गर्दै भने- आँखा हेर्नु पर्दैन, काम हेर्नुहोला।’
उनले सुदूरपश्चिमलाई नेपालसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै सुदूरपश्चिमका संगीत काठमाडौँमा बज्न जरुरी रहेको बताए।
रास्वपाका सभापति रवि लामिछानेले पनि कार्यक्रममा सम्बोधन गरेका थिए।