जनचाहनाअनुसार जिम्मेवारी पूरा गर्ने रास्वपा उम्मेदवार श्रेष्ठका प्रतिबद्धता

जनचाहनाअनुसार जिम्मेवारी पूरा गर्ने रास्वपा उम्मेदवार श्रेष्ठका प्रतिबद्धता
+
-
देशसञ्चार AI सारांश
  • विवेककुमार श्रेष्ठले भ्रष्टाचारकाविरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारीलाई कारबाहीकाे दायरामा ल्याउन दबाब दिने बताएका छन्।
  • बाँके जिल्लाको विकासका लागि उद्याेग, भौतिक पूर्वाधार र पर्यावरण संरक्षणमा साझा नीति निर्माण गर्न पहल गर्नेछन्।
  • नेपालगन्ज र डुडुवा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारहरूको सुदृढीकरण गर्न विविध कार्ययोजना प्रस्तुत गरेका छन्।

नेपालगन्ज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेककुमार श्रेष्ठले देश र जनताप्रति जवाफदेही भई दलीय स्वार्थ भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता गरेका छन्।

बाँके क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठले भ्रष्टाचारकाविरुद्व शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारीलाई कारबाहीकाे दायरामा ल्याउन निरन्तर दबाब दिने, जनचाहना अनुसार जिम्मेवारी पूरा गर्न निष्ठावान भई प्रयत्नरत रहने प्रतिबद्धता गरेका छन्।

श्रेष्ठले बाँके जिल्लाकाे समग्र विकास, क्षेत्र नम्बर २ काे विकासका प्रदेश सरकार र स्थानीय तहसँग मिलेर गर्ने कामकाे फेहरिस्ता निकालेका छन् ।

उनले जिल्लामा उद्याेग, भाैतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद् न्यूनीकरण, वातावरण संरक्षण र सूचना प्रविधिकाे विकासका लागि स्थानीय सरकारकाे सहभागितामा साझा नीति तथा कार्यक्रम निर्माण गरि कार्यान्वयन गर्न सहजीकरण गर्ने, राष्ट्रिय गाैरवकाे सिक्टा सिँचाई आयाेजना पूरा गर्नर राप्ती तटबन्ध र फाेहाेर व्यवस्थापन र ढल निकासकाे एकीकृत याेजना बनाएर लागु गर्न पहल गर्ने प्रतिबद्धतामा समेटेका छन् ।

श्रेष्ठले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा आधारभुत पूर्वाधारहरु सडक, ढल, खानेपानीकाे सुदृढीकरण गर्ने, भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे रुपमा विकास गर्ने, नेपालगन्जका सडकमा आकाशे पुल बनाउने, नेपालगन्ज नगरकाे ब्रान्डिङ गरीलशिक्षा, स्वास्थ्य, उद्योग र व्यवसायकाे हब बनाउने, जडिबुटी प्रशाेधन उद्योग स्थापना तथा सञ्चालनका लागि पैरवी गर्ने, डुडुवालाई कृषि र पशुपालनमा राष्ट्रिय स्तरमा नमूना गाउँपालिकाकाे रुपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिबद्धता सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारी, जिल्ला अध्यक्ष नवीन खड्का, बुद्विसागर सुवेदीलगायतकाे उपस्थिति थियाे ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?