आइसिसी टी-२० विश्वकपमा नेपाललाई स्कटल्यान्डले जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो।
स्कटल्यान्डका लागि माइकल जोनेसले सर्वाधिक ७१ रन बनाए। उनले ५ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर जरन मुन्सीले २७ रन बनाए।
यी दुईबीच पहिलो विकेटका लागि ८० रनको साझेदारी भएको थियो।
स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले २५ तथा रिची बेरिङटनले १० रन बनाए।
यी दुई बाहेक अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
राम्रो सुरुवातका बाबजुत स्कटल्यान्डको पछिल्लो क्रम भने समालिन सकेन्। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर ३ विकेट लिए। उनी बाहेक नन्दन यादव २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए।