टी-२० विश्वकप: क्यानडालाई हराउँदै न्युजिल्यान्ड सुपर-८ मा

टी-२० विश्वकप: क्यानडालाई हराउँदै न्युजिल्यान्ड सुपर-८ मा
+
-

काठमाडौँ – आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले सुपर-८ मा स्थान पक्का गरेको छ। मंगलबार भएको समूहको अन्तिम खेलमा न्युजिल्यान्डले क्यानडालाई ८ विकेटले पराजित गर्दै ६ अंक बनाएर समूहको दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा स्थान बनाएको हो।

चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो। उसका लागि युवराज शर्माले १ सय १० रनको सानदार शतकीय इनिङ्स खेलेका थिए। उनीबाहेक कप्तान दिलप्रित धवालीवालाले ३६ रन बनाएका थिए।

जवाफमा न्युजिल्याण्डले उक्त लक्ष्य २९ बल बाँकी हुँदै पूरा गर्‍यो। उसका लागि रचिन रविन्द्र र ग्लेन फ्लिप्सले तेस्रो विकेटका लागि १ सय ४६ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।

रविन्द्रले ५९ रन बनाउँदा फ्लिप्सले ३६ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७६ रनको अविजित इनिङ्स खेले। दुवै अविजित फर्किएका थिए। यसअघि न्युजिल्यान्ड दक्षिण अफ्रिकासँग एउटा खेल हार्न पुगेको थियो।

क्यानडाको भने यो लगातार तेस्रो हार हो। अब क्यानडाले अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘डी’ मा दक्षिण अफ्रिका तीन जितसहित सुपर-८ मा पुगिसकेको छ। योसँगै समूह ‘सी’ र ‘डी’को सुपर आठको समीकरण पूरा भएको छ। समूह ‘सी’ मा रहेको नेपालले अन्तिम खेलमा आज साँझ स्कटल्यान्डसँग खेल्दै छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?