एमालेका उम्मेदवार इस्तियाक राईले सार्वजनिक गरे प्रतिबद्धता पत्र

एमालेका उम्मेदवार इस्तियाक राईले सार्वजनिक गरे प्रतिबद्धता पत्र
+
-
देशसञ्चार AI सारांश
  • मोहम्मद इस्तियाक राईले पूर्वाधारदेखि शैक्षिक विकाससम्मका विषयमा विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
  • राईले नेपालगन्ज–दिल्ली हवाई उडान र आकाशे पुल निर्माण गर्न कुटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
  • प्रतिवद्धता पत्रमा कृषि, पर्यटन, सुशासन र महिला सशक्तीकरण लगायतका क्षेत्रमा विशेष कार्यक्रम संचालन गर्ने योजना छ।

नेपालगन्ज – बाँके क्षेत्र नम्बर २ का एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

झसमृद्ध नेपालगन्ज(डुडुवा, हाम्रो प्रतिबद्धताञ भन्ने नारासहित राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पूर्वाधार तथा शहरी विकास, ओैद्योगिक, व्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, कृषिदतथा अनुसन्धान, सामाजिक सुरक्षा,धर्म(संस्कृति संरक्षण, पर्यटन विकास, सुशासन र प्रविधि विकास, सामाजिक न्याय र समावेशी विकास, व्यवस्थित बसोबास, गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, शहरी व्यवस्थापन र आर्थिक अवसर र लागू ओैषध नियन्त्रण र सुरक्षित समाज शीर्षकमा विभिन्न बुँदा समेटिएको छ।

राईले आधुनिक क्रिकेट रंगशाला निर्माण, नेपालगन्ज(दिल्ली सिधा हवाई उडानका लागि कुटनीतिक पहल, नेपालगन्ज चक्रपथ, डुडुवामा बाढी र डुवान रोक्न तटबन्ध, राप्तीको पानी नेपालगन्ज ल्याएर पिउने पानीको व्यवस्था गर्ने, नेपालगन्जमा आकाशे पुल निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

राईले आइसीपीलाई सुख्खा बन्दरगाहका रुपमा विकास गर्ने, नौबस्ता ओैद्योगिक क्षेत्रलाई ५ वर्षभित्र निर्माण पूरा गर्ने, विदेशबाट फर्किएकालाई उनीहरुको सीप अनुसार रोजगार उपलब्ध गराउने, नेपालगन्ज र डुडुवामा सरकारी विद्यालयमा सुविधा सम्पन्न भवन र डिजिटल शिक्षण प्रणालीसहित स्तरोन्नति गर्ने, महोन्द्र बहुमुखी क्याम्पसको पूर्वधार विकाससँगै उसको नाममा रहेको जमिनको उच्चतम सदुपयोगका लागि विस्तृत योजना अघि सार्ने, यो क्याम्पसलाई क्षेत्रीय विश्वविद्यालयको रुपमा विकास गर्ने, भेरी अस्पतालमा चिकित्सक र अन्य प्राविधिक जनशक्तिको दरबन्दी थप गरि सेवालाई अझ प्रभावकारी बनाउने, डुडुवालगायत पालिकामा रहेका १५ शैयाका अस्पताल र स्वास्थ्य चौकीलाई आधुनिक सुविधायुक्त बनाउदै प्रसुती सेवालगायत सुविधा उपलब्ध गराउने, कृषकका लागि मदखाद, बीउ र सिंचाईसहित आधुनिक कृषि ओैजार तथा प्रविधिको पर्याप्त व्यवस्था सुनिश्चित गर्ने, सबै मजदुरलाई सामाजिक सुरक्षा कोषमा समावेश गरि बीमा, पेन्सन, स्वाथ्योपचार सहुलियतपूर्ण ऋणलगायत सुविधा दिने, धार्मिक पर्यटन तथा सद्भाव प्रवर्दन गर्ने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै हुम्लाको हिल्सासम्म पर्यटन प्रवर्द्धन हेतु सडकमार्ग बिस्तार पहल गर्ने, नयाँ पुस्ताले समेत उठाएको सुशासन कायम र भ्रष्टाचारमुक्त सरकारी सेवाको माग पूरा गर्न पहल गर्ने, महिला सशक्तीकरणका लागि विशेष कार्यक्रम प्याकेज सञ्चालन, राष्ट्रिय निकुञ्जसँग जोडिएका गाउँबस्तीका जनताको सुरक्षार्थ नीतिगत सुधारको पहल गर्ने, विद्यालय(समुदाय साझेदारीमार्फत शैक्षिक गुणस्तर सुधार अभियानको नीति तर्जुमा गर्ने, अन्तर धार्मिक संवाद, सहिष्णुता र सद्भाव प्रवर्दन कार्यक्रम सञ्चालनार्थ नीतिगत व्यवस्था गर्ने, धार्मिक, सांस्कृतिक र सीमावर्ती पर्यटन प्रवर्दनका लागि विशेष नीति बनाउने, लागू ओैषध दुरुपयोग नियन्त्रणका लागि कडा कानुनी कार्यान्वयन र सीमा निगरानी सुदृढिकरणको नीति तर्जुमा गर्ने उल्लेख गरिएको छ ।

प्रतिबद्धता सार्वजनिक कार्यक्रममा केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज शान्ति ढकाल, केन्द्रीय सदस्य हारुन हलुवाई, जिल्ला अध्यक्ष निरक गुरुङलगायतको उपस्थिति थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?