आजदेखि सुरु भयो मिथिला मध्यमा परिक्रमा (तस्बिरसहित)

आजदेखि सुरु भयो मिथिला मध्यमा परिक्रमा (तस्बिरसहित)
+
-
देशसञ्चार AI सारांश
  • मिथिला मध्यमा परिक्रमा १३३ किलोमिटरको पदयात्राका रूपमा जनकपुरधाममा आजदेखि सुरु भएको छ।
  • धार्मिक परिक्रमाले नेपाल र भारतका विभिन्न स्थानका १०७ किलोमिटर र २६ किलोमिटर यात्रा गर्नेछ।
  • प्रतिनिधिसभा निर्वाचनको कारण परिक्रमा प्रभावित हुने सम्भावना छ, सीमाका कारण साधुसन्तहरूको सहभागिता घट्न सक्छ।

जनकपुरधाम- धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । मिथिलाको महाकुम्भको रूपमा चिनिने मिथिला मध्यमा परिक्रमा सोमबार धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै १३३ किलोमिटरको पदयात्रा सुरु भएको हो।

जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला र मिथिला बिहारीबाट भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा गर्ने गरिन्छ।

१५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरू पुग्ने गर्छन्। सोमबार कचुरीबाट निस्कने परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगेर विश्राम गर्नेछन्। हनुमाननगरमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछन्। हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ।

परिक्रमाको क्रममा नेपालको धार्मिक ऐतिहासिक ठाउँहरूको १०७ किलोमिटर र भारतको २६ किलोमिटर भूभागको यात्रा गरिन्छ।
मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने छ।

पुनः भारतको करुणा, विशौललगायतका धार्मिकस्थल हुँदै १४ औँ दिनमा जनकपुरधाम फर्कने छ। त्यसको भोली पल्ट जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुनेछ । मिथिला क्षेत्रमा अन्तगृह परिक्रमा सकेपछि त्यसको भोली पल्ट होली मनाउने परम्परा छ ।

यस पटक फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको कारण परिक्रमा प्रभावित हुने भएको छ । मिथिला परिक्रमामा नेपाल र भारतको साधुसन्त लगायत श्रद्धालुहरु सहभागी हुने गरेकोमा निर्वाचन अगाडि सीमा बन्द हुने भएकाले परिक्रमा प्रभावित हुने भएको छ ।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?