न्यालु लेकको हिउँ सफा गर्न लिमीबासीको अनुरोध

न्यालु लेकको हिउँ सफा गर्न लिमीबासीको अनुरोध
+
-
देशसञ्चार AI सारांश
  • तीन गाउँवासीले न्यालु लेकमा जमेको हिउँ फाल्न नसके मतदानमा सहभागी हुन कठिनाई हुने बताएका छन्।
  • न्यालु सडक हिउँले बन्द हुँदा निर्वाचनका लागि आवश्यक जनशक्ति र मतदाताको कष्टकर यात्रा हुनसक्ने छ।
  • लिमीका ६७२ मतदाता मध्ये २०.८८% मात्र सहभागी हुन सक्ने अवस्था रहेको छ।

हुम्ला – नाम्खा गाउपालिका–६ को हिमालपारीको गाउँ लिमीका तीन गाउँवासीले न्यालु लेकमा जमेको हिउ फाल्ने कार्य गर्न सम्बद्ध पक्षसंग आग्रह गर्नु भएको छ। सो हिउ फाल्ने कार्य नभए असी प्रतिशत लिमीबाट फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न जान नपाउने भएपछि लिमीका तीन गाउँवासीको तर्फबाट वडा कार्यालयले एक सार्वजनिक सुचना जारी गरेर सो अनुरोध गरको हो।

लिमी जाने पाँच हजार दुई सय मिटर उचाईको न्यालु नाकाको सडकमा हिउ जमेर यातायात सेवा बन्द रहेको कारण सो हिउ सडकबाट फालेर यातायात सेवा सुचारु गर्नुपर्ने लिमीका स्थानीय छिरिङ तामाङले बताए।

उनले आफ्नो गाउँ जाङ्गमा हाल मतदाता मात्र नभएर मानिस बिहीन अबस्था रहेको कारण यस पटकको निर्वाचनमा मतदान कार्य हुन कठिन देखिएको कारण पनि न्यालुको हिउ सफा गर्नुपर्ने बताए। यदी सो हिउ फाल्ने कार्य नभएर मतदानका लागि कर्मचारी र सुरक्षाकर्मी हेलिकोप्टरमा लिमी पुग्ने र मतदाता नभएपछि मतदान कार्य नगराई फिर्ता हुनु पर्ने अबस्था रहेको छ। लिमीबासी मतदान कार्यमाा भाग लिन आतुर रहेको तर गत माघ १० र १५ गते परेको हिउले सडक बन्द भएको कारण जान सक्ने अबस्था नरहेको उनको भनाई छ।

लिमीवासीको यो समस्या बुझेर न्यालु लेकको हिउ फाल्ने ब्यवस्था सरकारलाई गर्न उनले आग्रह गरे। लिमीको उक्त गाउँका अधिकाँँस स्थानीय काठमाडौंमा बस्दै आएको र त्यहाँ बस्दै आएका केही घरधुरीका स्थानीय पनि गत कातिक महिनाको अन्त्य तिर गाउँ छोडेर काठमाडौं झरेको कारण हाल सो गाउँ मतदाता त के मानिस बिहीन अबस्थामा रहेको हो। लिमीको भृकुटी प्रावि मतदान केन्द्रमा ११३ महिला र १३४ पुरुष मतदाता गरि २४७ मतदाता रहेका छन्। चैत महिनासम्म हिमपात भई रहने भएको कारण उनले अब फागुनको निर्वाचनमा सो मतदान केन्द्रमा जानका लागि न्यालुको हिउ फालेर निर्वाचनमा मतदाता सहभागी हुने बाताबरण बनाउनु पर्ने बताए।

लिमी जाने नाकामा हिमपातको कारण यातायात सेवा बन्द भएपछि मतदाता निर्वाचनमा सहभागी हुने अवस्था नदेखिएपछि लिमीवासीको तर्फबाट वडा कार्यालयले एक सार्जनिक अनुरोध गर्दै सडकमा जमेको हिउ फाल्ने कार्य गरि दिन अनुरोध गर्नु परेको वडा अध्यक्ष पाल्जोर तामाङले बताए। लिमीका तीन मतदानस्थल मध्य एउटा मतदाता बिहीन रहेको र अर्का दुई वटामा पनि न्यून मतदाता रहेको बताउदै उनले अब जसरी पनि मतदातालाई लिमी प्ुर्याउने बाताबरण तयार गर्न स्थानीय, प्रदेश र घङ् सरकारसंग आग्रह गरे।

हिमशिखर प्रावि मतदान केन्द्र तीलमा ५२ जना महिला र ८० जना पुरुष मतदाता गरि १३२ जना मतदाता रहेकोमा हाल उक्त गाउँमा चालीस जना मतदाता मात्र रहेको वडा अध्यक्ष तामाङले बताए। फागुनको निर्वाचनमा पनि सो गाउँमा मतदाताको सहभागिता न्यून रहने देखिन्छ। त्यसैगरि सबै भन्दा बढी मतदाता रहेको लिमी कै हल्जी गाउँमा पनि हाल एक सय जना मात्र मतदाता गाउँमा वस्दै आएको सो गाउँ स्थायी बासिन्दा समेत रहनु भएका वडा अध्यक्ष तामाङले बताए। लिमीको सुनखनी प्रावि हल्जीमा १३२ महिला र १६१ पुरुष मतदाता गरि २९३ मतदाता रहेका छन्। यसका एक सय मतदाता मात्र उक्त गाउँमा बस्दै अएका छन्।

लिमीका तीनै मतदान केन्द्र गरि ६७२ मतदाता रहेका छन्। त्यसमा हालसम्मको अवस्था हेर्दा बीस दशमलव अठासी प्रतिशत मतदाताको मात्र निर्वाचनमा सहभागिता रहने स्थानीयको भनाई छ। यो नाका यसवर्ष मात्र नभएर सधै हिउदमा हिमपातको कारणा बन्द हुने गर्छ। हिमपातले नाम्खा गाउँँपालिकाको लिमी बढी प्रभावित भएको मुख्यनिर्वाचन अधिकृत निलकण्ठ बरालले बताए। यो समस्याका बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने कार्य भई सकेकोले आयोगबाट पनि समाधानका लागि पनि केही निर्देशन आउनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?