भारत पाकिस्तानबीच आज प्रतिस्पर्धा, एउटै टिकटको मूल्य १ लाख १७ हजार!

भारत पाकिस्तानबीच आज प्रतिस्पर्धा, एउटै टिकटको मूल्य १ लाख १७ हजार!
+
-
देशसञ्चार AI सारांश
  • भारत र पाकिस्तानबीचको खेललाई ठूलो महत्त्व दिइएको छ र यसले श्रीलंकामा आर्थिक प्रभाव पार्न सक्छ।
  • खेल हुने समयका लागि १० प्रतिशत मात्र वर्षा हुने सम्भावना भएकाले खेल सञ्चालन हुने अनुमान छ।
  • पाकिस्तानले श्रीलंकाको आर्थिक अवस्थाको महत्त्व बुझ्दै, भारतसँगको खेल खेल्न पुन: सहमति जनाएको छ।

टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ अन्तर्गतको तेस्रो खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। समूहमा दुबै टोली अपराजित रहेकाले यो खेल ‘सुपर एट’का लागि समेत महत्वपूर्ण मानिएको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा क्रिकेट मैदानमा हुने खेलमा यी दुई छिमेकी बीचको खेल साँझ ७:१५ बजेदेखि सुरु हुनेछ। कोलम्बोमा अहिले वर्षा भइरहेको छ साथै आइतबार दिनभरि पानी पर्ने अनुमान छ।

तर खेलको समयमा वर्षा हुने सम्भावना करिब १० प्रतिशत मात्र रहेकाले खेल हुने अनुमान गरिएको छ। भारतले सन् २००७ र २०२४ मा टी-२० विश्वकप जितिसकेको छ। आफ्नो पहिलो उपाधि सन् २००७ मा पाकिस्तानलाई फाइनलमा हराउँदै जितेको थियो। अर्कोतर्फ, पाकिस्तान सन् २००९ को च्याम्पियन हो भने टोली २००७ र २०२२ मा उपविजेता बनेको थियो।

भारत र पाकिस्तानबीचको खेल दुई देशबीचको प्रतिष्ठाको रुपमा समेत हेरिने गरेको छ। यही खेलका लागि भारतबाट कोलम्बोको फ्लाइट टिकटसमेत अत्याधिक महंगो भएको छ। साथै खेल हेर्ने टिकटको मूल्यसमेत आकाशिएको छ। कोलम्बोमा खेलको तयारीसँगै टिकटको मूल्य २.५ लाख श्रीलङ्काली रुपैयाँ (१ लाख १७ हजार) सम्म पुगेको छ।

साथै उडान भाडा करिब १ लाख ११ हजार भारतीय रुपैंया (करिब १ लाख ६२ हजार) पुगेको छ। कोलम्बोका होटलहरू पूर्ण रूपमा भरिएको भारतीय सञ्चारमाध्याम एभिपि न्युजले जनाएको छ। साथै सहर पूरै भारत-पाक म्याचको माहोलले गुञ्जिएको छ। यी दुई टोलीको खेलका कारण कोलम्बो शान्त पर्यटकीय गन्तव्य एकाएक कडा सुरक्षा कायम गरिएको छ। आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्तले श्रीलङ्काभर आर्थिक र व्यवस्थापकिय रुपमा ठूलो र महत्वपूर्ण मानिएको छ।

श्रीलंकाका राष्ट्रपतिकै आग्रहमा भारतसँगको खेल वहिष्कार गर्ने राजनीतिक निर्णयमा पुगेको पाकिस्तानले पुन खेल खेल्ने निर्णय लिएको थियो। श्रीलंकाले आफूले पाकिस्तानलाइ गम्भिर अवस्थामा गएर क्रिकेट खेलेको सम्झाएको थियो।

उसले अहिले श्रीलंकाको आर्थिक अवस्थाका लागि यो खल निकै महत्वपूर्ण रहेको भन्दै खेल खेल्न पाकिस्तानलाई आग्रह गरेको थियो। साथै आइसीसी र बीसीसीआइले समेत पाकिस्तानलाई खेल बहिष्कार नगर्न आग्रह गरेका थिए। साथै ठूलो आर्थिक सहयोगको आश्वासन पाकिस्तानलाई दिएपछि उसले भारतसँग खेल खेल्न सहमति जनाएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?