टी-२० विश्वकप: अपराजित वेस्टइन्डिजलाइ चुनौती दिंदै नेपाल

टी-२० विश्वकप: अपराजित वेस्टइन्डिजलाइ चुनौती दिंदै नेपाल
+
-
देशसञ्चार AI सारांश
  • नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बईमा वेस्टइन्डिजविरुद्धको खेलमा रणनको भावनात्मक उतारचढावको सामना गर्दै संघर्ष गर्ने प्रयास गर्नेछ।
  • वेस्टइन्डिजले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै शीर्ष आठमा स्थान पक्का गर्ने लक्ष्यमा छ।
  • कप्तान रोहित पौडेल ज्वरोको असरबाट ठीक भएकोले आइतबारको खेलमा मैदान उत्रिने सम्भावना छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो तेस्रो खेलमा आज समूह ‘सी’ मा अपराजित टोली वेस्टइन्डिजको सामना गर्दैछ।

मुम्बइको वांखडे मैदानमा बिहान ११:१५ मा सुरु हुने खेलमा नेपाल यसअघिको उतरचढावलाइ भुलेर वेस्टइन्डिज विरुद्ध मैदान उत्रिने प्रयास गर्नेछ। तर इंग्ल्यान्ड विरुद्धको सनसनिपूर्ण प्रदर्शन र इटालीसँगको अस्वभाविक हारले नेपाल स्वभाविक रुपमा दबाबमा रहेको छ।

वेस्टइन्डिज विरुद्ध नेपालले गत सेप्टेम्बरमा यूएईको शारजहामा पहिलो पटक कुनै टेस्ट टोलि विरुद्ध तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । जहाँ नेपालले इतिहासमै पहिलो पटक टेस्ट टोलीमाथि ऐतिहासिक रूपमा २-१ ले सिरिज जितेको थियो। त्यो टोलीका केवल दुई खेलाडी हुसैन र जेसन होल्डरमात्र अहिलेको वेस्ट इन्डिज टोलीमा छन् ।

वेस्ट इन्डिजले धेरै नयाँ खेलाडीलाई मौका दिँदा हुसैनले नेपाल विरुद्धको खेलमा कप्तानी गरेका थिए। त्यसोत यो पटक वेस्टइन्डिजको फर्म बेतोड छ। उसले समूहकै बलिया टोली इंग्ल्यान्ड र स्कटल्यान्डलाइ पाखा लगाइसकेकाले स्वभाविक रुपमा उपाधि दाबेदारीमै आफुलाइ उभ्याएको छ।

दुई पटकको विश्व च्याम्पियन वेस्टइन्डिज आफ्नो फर्किएको फर्मलाइ निरन्तरता दिने सोचमा रहेको छ। त्यसोत नेपाल विरुद्ध सचेत रहेको सारजहामा क्रिकेट खेलेका हुसैन नेपाल विरुद्ध सचेत भएर खेल्ने बताउँछन्। उनी धेरै संख्यामा नेपाली समर्थकहरु मैदान आएको र शारजहामा पराजय भोगिसकेको अनुभव समेत रहेकाले सचेत हुने बताउँछन्।

त्यसोत नेपालले इङ्ल्यान्डलाई हराउन एक हिटमात्र टाढा रहेको र इटालीसँग नराम्रोसँगको पराजय बीचको भावनात्मक उतारचढाव नेपालले मुम्बईमा अनुभूति गरिसकेको छ। यस विश्वकपमा सहभागी एसोसिएट राष्ट्रहरूमध्ये नेपालसँग सबैभन्दा धेरै समर्थक मुम्बईसम्म आएकाले टोली समर्थकलाइ निरास नबनाउने अठोट ‍मा छ।

त्यसोत समर्थकहरूको अत्यधिक अपेक्षा र सामाजिक सञ्जालबाट आउने दबाबबारे नेपालका मुख्य प्रशिक्षक स्टुआर्ट लले टोलीलाई सचेत गराइसकेका छन्। उनले सामाजिक सञ्जालको दबाबले टोलीलाई स्वभाविक रुपमा असर गरेको बताएका छन्। हारको पीडामा रहेको नेपालका लागि वेस्ट इन्डिजलाई हराउनु कठिन छ तर असंभव भने छैन्। जारी विश्वकपमा जिम्बाब्वेले अस्ट्रेलियालाइ हराएर सनसनिपूर्ण प्रदर्शन गरेको थियो। नेपाल त्यस्तै अपेक्षा राख्न सक्छ तर ब्याटिङ पिचमा नेपाललाइ सहज भने हुने छैन्।

वेस्ट इन्डिजलाई नेपाल विरुद्ध खासै चिन्ता देखिंदैन। उनीहरूका ब्याटरहरू लगातार छक्का हानिरहेका छन्, तीव्र गतिका बलरहरूले विकेट झारिरहेका छन्, स्पिनरहरूले इङ्ल्यान्डलाई दबाबमा पारेका छन् र फिल्डिङ पनि उत्कृष्ट छ। उनीहरू आफ्नो जितको यात्रालाई निरन्तरता दिँदै ‘शीर्ष आठ’ मा स्थान पक्का गर्न चाहन्छन्।

वेस्टइन्डिजको संभावित टोली:

ब्रान्डन किङ, शाइ होप (कप्तान), शिमरोन हेटमायर, रोस्टन चेस, शेरफेन रुदरफोर्ड, रोभमन पाउल, जेसन होल्डर, रोम्यारियो शेफर्ड, अकील होसेन, गुडाकेश मोटाइ, शमार जोसेफ

नेपालको संभावित प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
नेपालका कप्तान रोहित पौडेल शुक्रबार राति ज्वरोले ग्रसित भए पनि औषधि सेवनपछि आइतबार खेल्न तयार हुने प्रशिक्षक स्टुअर्ट ल’ले बताएका छन्।

वानखेडेमा चार खेल भइसकेपछि आइतबारका लागि नयाँ पिच प्रयोग हुनेछ। शनिबार हल्का पानी हालिएको पिच दिउँसो कडा घाममा सुकाइएको थियो। बिहानको खेल भएकाले साँझका खेलजस्तो लक्ष्य पछ्याउने भन्दा पहिले ब्याटिङ गर्न टिम उत्साहित हुन सक्ने आँकलन गरिएको छ। खेल सकिँदासम्म तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?