चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य
फाइल
+
-
देशसञ्चार AI सारांश
  • मुख्यमन्त्री आचार्यले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर समृद्धिको आधार बनाउन स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्।
  • धार्मिक पर्यटनले रोजगारी सिर्जना गरी स्थानीय अर्थतन्त्र सक्रिय गर्दै समग्र प्रदेश विकासमा योगदान पुर्याउने विश्वास उनको छ।
  • चाडपर्वको आधुनिक शैली परिवर्तन भएकोले विकृति निरुत्साहित गर्न सबैको साझा जिम्मेवारी महत्त्वपूर्ण भनी उनले बताए।

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्व २०८२ का अवसरमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा मजबुत बनाउन आह्वान गरेका छन् ।

उनले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना गर्दै महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । भगवान् शिवको आराधनासँग जोडिएको यस पर्वले आत्मसंयम, सकारात्मक चिन्तन र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार लुम्बिनी प्रदेश सबै धर्म, संस्कृति र आस्थाप्रति समान सम्मान र समभाव राख्ने प्रदेश हो । प्रदेश सरकारले धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्दै विभिन्न धर्मसँग सम्बन्धित मठ, मन्दिर, विहार तथा तीर्थस्थलहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको छ ।

धार्मिक आस्थालाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षित गर्ने नीति प्रदेशको दीगो समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका धार्मिक तथा सांस्कृतिक सम्पदालाई एकआपसमा जोड्ने पर्यटन सर्किट विकास गर्ने योजना अघि बढाइएको जानकारी दिए । यसले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको चलायमानता र प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक पर्यटन संस्कृति संरक्षणसँगै समृद्धिको ढोका खोल्ने प्रभावकारी माध्यम बन्न सक्ने उनको धारणा छ ।

आधुनिकताको प्रभावसँगै चाडपर्व मनाउने शैली परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले आधुनिकताको नाममा हुने विकृति र विसंगतिलाई निरुत्साहित गर्न सबैको साझा जिम्मेवारी रहेको बताए ।

नेपाली संस्कृति, परम्परा र चाडपर्वले आपसी एकता, सद्भाव र पहिचानलाई बलियो बनाउँदै आएको उल्लेख गर्दै तिनको मौलिकता जोगाउँदै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?