टी-२० विश्वकप: स्कटल्यान्डलाई हराउँदै इंग्ल्यान्डले कायम राख्यो शीर्ष आठको सम्भावना

टी-२० विश्वकप: स्कटल्यान्डलाई हराउँदै इंग्ल्यान्डले कायम राख्यो शीर्ष आठको सम्भावना
+
-

काठमाडौँ – टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले शीर्ष आठको सम्भावना कायम राखेको छ। शनिबार सम्पन्न खेलमा नेपालको समूहमा रहेको इंग्ल्यान्डले अर्को दाबेदार स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लियो।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले इंग्ल्यान्डसमक्ष जितका लागि १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि कप्तान रिचाइ बेरिङ्गटनले ४९ रन बनाउनु सर्वाधिक रह्यो।

उनीबाहेक टोम ब्रुसीले २४ तथा ओलीभर डेभिडसनले २० रनको अविजित इनिङ्स खेल्दा माइकल जोनेसले ३३ रन बनाए।

इंग्ल्यान्डका लागि आदिल रसिदले ३ विकेट लिँदा जोफ्रा आर्चर, लियम डउसनले २-२ विकेट लिए। त्यस्तै, जेमी ओभर्टन र साम करनले १-१ विकेट लिए।

१ सय ५३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले उक्त लक्ष्य १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। १० बल बाँकी हुँदै लक्ष्य पूरा गर्ने क्रममा टोम बान्टनले ६३ रनको अविजित इनिङ्स खेल्दा ज्याकब बेथहेलले ३२ तथा साम करनले २८ रन बनाए। त्यस्तै, विल ज्याक्स १६ रनमा अविजित रहे। १३ रनमै दुई विकेट गुमाए पनि इंग्ल्यान्डले सम्हालिएर प्रदर्शन गरेको थियो।

अब इंग्ल्यान्डले अन्तिम खेलमा इटालीलाई पराजित गरेमा सुपर आठमा पुग्ने छ। स्कटल्यान्डले भने अन्तिम खेल नेपालसँग खेल्ने छ। नेपालले भने समूहमा वेस्टइन्डिज र स्कटल्यान्डसँग खेल्न बाँकी छ। नेपालको समूहमा वेस्टइन्डिज २ खेलबाट दुई जितसहित ४ अंक बनाएर तालिकाको शीर्ष स्थानमा रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?