झापा गोल्डकप: जोनाथनको ह्याट्रिकसँगै मछिन्द्र फाइनलमा, आर्मी ४–० ले स्तब्ध

झापा गोल्डकप: जोनाथनको ह्याट्रिकसँगै मछिन्द्र फाइनलमा, आर्मी ४–० ले स्तब्ध
+
-
देशसञ्चार AI सारांश
  • जोनाथन जोरिल्लाको ह्याट्रिकको मद्दतले मछिन्द्र फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गर्यो, आर्मीलाई ४–० ले हरायो।
  • खेलको चौथो मिनेटमा जोरिल्लाले पहिलो गोल गरे, २४ औँ मिनेटमा पेनाल्टीबाट दोस्रो, र ५२ औँ मिनेटमा तेस्रो गोल पूरा गरे।
  • जोरिल्ला ‘प्लेयर अफ द म्याच’ घोषित भई पुरस्कार स्वरूप २५ हजार रुपैयाँ प्राप्त गरे, फाइनल फागुन ४ मा हुनेछ।

झापा- विदेशी खेलाडी जोनाथन जोरिल्लाको उत्कृष्ट ह्याट्रिकको मद्दतले मछिन्द्र फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० को भारी गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि भिडन्त पक्का गरेको हो। अब मछिन्द्रले फाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

मछिन्द्रले खेलको सुरुवातदेखि नै आर्मीमाथि दबाब बनाएको थियो। खेलको चौथो मिनेटमै अयोला हमजातको क्रस पासलाई सदुपयोग गर्दै जोनाथन जोरिल्लाले गोल गरी टोलीलाई अग्रता दिलाए।

२४ औँ मिनेटमा आर्मीका खेलाडीले डिबक्सभित्र ह्यान्डबल गरेपछि मछिन्द्रले पेनाल्टीको अवसर पायो, जसमा जोरिल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। ५२ औँ मिनेटमा प्रदिप बुढाथोकीको पासमा जोरिल्लाले तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

खेलको अतिरिक्त समयमा मछिन्द्रका सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एकल प्रयासमा सानदार गोल गर्दै टोलीको जित ४–० को स्थितिमा पुर्‍याए।

मछिन्द्रका सौरभ लिम्बु र अभिषेक स्याङतानले केही अवसर चुकाउँदा गोल अन्तर अझै बढ्न सकेन। अर्कातर्फ, आर्मीका नविन लामा र दिनेश हेन्जनले पाएका केही सुन्दर अवसरहरू खेर फाल्दा टोली स्तब्ध हुन पुग्यो।

उत्कृष्ट प्रदर्शन गरेका मछिन्द्रका जोनाथन जोरिल्ला ‘प्लेयर अफ द म्याच’ घोषित भए र नगद २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ, जसको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

साथै, आयोजकले दर्शकका लागि स्कुटर र टेलिभिजन जस्ता आकर्षक उपहारको समेत व्यवस्था गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?