बिर्तामोडबाट लागुऔषधसहित चार जना पक्राउ

बिर्तामोडबाट लागुऔषधसहित चार जना पक्राउ
+
-

झापा- झापाको बिर्तामोडमा लागुऔषधसहित चारजना पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो २: ३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर २ कछुबारी बस्ने गोबिन्द बस्नेतको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागुऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बिर्तामोड वडा न. ९ बस्ने बर्ष ४२ का तिलक बुढाथोकी, वडा न. २ कछुबारी बस्ने बर्ष ४२ का गोबिन्द वस्नेत, वडा नं ३ बस्ने बर्ष ५२ का टंक गिरी र वडा नं ४ बस्ने बर्ष २८ का उदय साह रहेका छन् ।

उनीहरुको साथबाट प्लाष्टिकसहित ११ ग्राम ४६० मिलिग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर, ३ वटा स्क्रिनटच मोवाइल, नगद रु ६ हजार र २५ हजारको काटेको चेक बरामद भएको छ ।

लागुऔषधसहित उनीहरुलाई इप्रका बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?