पूर्वराजा शाहको विमानस्थलमा भव्य स्वागत, र्‍यालीसहित निर्मल निवास लगिँदै (तस्बिरसहित)

पूर्वराजा शाहको विमानस्थलमा भव्य स्वागत, र्‍यालीसहित निर्मल निवास लगिँदै (तस्बिरसहित)
+
-

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलमा भव्य स्वागत गरिएको छ।

तीन महिनाको झापा बसाइपछि शुक्रबार काठमाडौँ आएका उनलाई समर्थकहरूले स्वागत गरेका हुन्। उनले ‘सनरूफ’ कारमा उभिएर हात हल्लाउँदै समर्थकहरूलाई धन्यवाद दिएका थिए।

विमानस्थल र मार्गमा सहभागीहरूले फूल र झण्डासहित उत्साहपूर्वक स्वागत गरेका छन्। उनीहरूले ‘नारायणहिटी खालि गर’, ‘गणतन्त्र मुर्दावाद’, ‘राजा आऊ देश बचाऊ’लगायतका नारा पनि लगाएका थिए।

उनलाई समर्थकले र्‍याली निकालेर निर्मल निवाससम्म लैजाने क्रम जारी राखेका छन्। उनलाई स्वागत गर्न दुर्गा प्रसाईं र राप्रपा नेता कमल थापा लगायत समर्थक पुगेका थिए।

विमानस्थनमा प्रशासनले निशेधाज्ञा जारी गरेको छ। त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

पूर्वराजा शाह कैलाश एयरको हेलिकप्टरमा दमकबाट काठमाडौँ आएका हुन्।

ठूलो संख्यामा प्रदर्शनकारीहरू विमानस्थल पुगेपछि प्रशासनले पूर्वराजालाई सोझै निर्मल निवास जान आग्रह गर्ने तयारी पनि गरेको थियो। तर, विमानस्थलको बढ्दो भिडका कारण प्रशासनले उनलाई विमानस्थलमा ओर्लेर स्वागत र अभिनन्दनसहित निर्मल निवास जान अनुमति दिएको हो।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?