सात दिन झापामा रहेका ओलीलाई मतदाताले के-के माग राखे?

सात दिन झापामा रहेका ओलीलाई मतदाताले के-के माग राखे?
+
-
देशसञ्चार AI सारांश
  • केपी शर्मा ओलीले झापा-५ भ्रमणमा ८० टोलका मतदातासँग घरदैलो संवाद गर्दै समस्याहरूको समाधानमा ध्यान दिन आग्रह सुने।
  • गौरीगञ्ज र सिंहियाडुबाका बासिन्दाले तटबन्धन, पुल निर्माण, र रोजगारको वातावरण बनाउन लिखित मागपत्र दिएका छन्।
  • मतदाताहरूले नेता, जनप्रतिनिधिहरूमा सुशासनको माग राख्दै स्थानीय आवश्यकताहरू पूरा गर्न जोड दिए।

झापा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा-५ को एक हप्ते भ्रमण सकेर काठमाडौं फर्केका छन्।

फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा माघ २३ गते झापा आएका ओलीले यस पटक गौरादह, कमल र गौरीगञ्जका करिब ८० वटा टोलका मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।

भ्रमणका क्रममा मतदाताहरूले राष्ट्रिय राजनीतिको चर्चा भन्दा पनि आफ्ना दैनिक समस्या र स्थानीय विकासका अधुरा योजनाहरूलाई मुख्य मुद्दा बनाएका छन्।

गौरादह र कमल गाउँपालिकाका विभिन्न टोलमा पुग्दा स्थानीयले रतुवा खोलाको कटान र डुबानको समस्यालाई प्रमुखताका साथ उठाएका छन्। स्थानीय जयराम सापकोटाका अनुसार मतदाताले निम्न मागहरू राखेका छन् स्थानीय मतदाताले रतुवा खोलामा स्थायी तटबन्धन र पक्की पुलको निर्माण, स्कुलचौन-दामुना सडकको कालोपत्रे तथा स्थानीय स्तरमा सुविधासम्पन्न अस्पतालको स्थापनालगायत माग राखेका छन्

यस्तै, सिङ्गियाडुबाका बासिन्दाले ६ बुँदे लिखित मागपत्र नै पेश गर्दै कृषि सडक निर्माण गरी किसानका उत्पादन बजारसम्म पुर्‍याउने वातावरण बनाइदिन आग्रह गरेका छन्।

दक्षिण झापाका मतदाताले केवल भौतिक विकास मात्र नभई जीविकोपार्जनको विषयमा पनि प्रश्न उठाएका छन्। गौरादहकी रमिला राजवंशीले नेताहरूसँग “ठूला कुरा” भन्दा पनि गाउँमै रोजगारीको वातावरण मिलाउन माग गरे।

वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई स्वदेशमै काम गर्ने अवसर सिर्जना गर्न उनको आग्रह थियो।

त्यसैगरी, दामुना बजारका मतदाताले जनप्रतिनिधिहरू जनताको समस्यामा गम्भीर नभएको भन्दै गुनासो गरे। उनीहरूले सुशासनलाई व्यवहारमा उतार्न र कार्यकर्ताहरूलाई जनताको सुख-दुःखमा जोडिन सुझाव दिएका छन्।

गौरीगञ्जको सीमावर्ती क्षेत्र देवानगञ्जका बासिन्दाले सञ्चार सुविधाको अभाव झेल्नुपरेको गुनासो गरेका छन्। नेपाली मोबाइल नेटवर्कको टावर नहुँदा भारतीय सिमकार्डमा निर्भर हुनुपरेको भन्दै उनीहरूले तत्काल टेलिकमको टावर राखिदिन माग गरे।

एमाले नेता अमर शिवाकोटीका अनुसार यस पटकको भेटघाटमा मतदाताहरूले आफ्ना प्रतिनिधिलाई खुलेर प्रश्न गरेका छन्। कतिपय मतदाताले भदौ २३ र २४ गतेका घटनाक्रमलाई लिएर असन्तुष्टि र भ्रम समेत व्यक्त गरेका थिए।

भ्रमणको यो चरणमा गौरादह, कमल र गौरीगञ्जलाई समेटिए पनि दमक नगरपालिकाका ४० वटा टोलमा भने ओलीले फागुन ४ गतेपछि मात्रै भेटघाट गर्ने कार्यक्रम रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?