टी-२० विश्वकप: ब्याटिङ नचल्दा नेपालद्वारा इटालीलाई १२४ रनको सामान्य लक्ष्य

टी-२० विश्वकप: ब्याटिङ नचल्दा नेपालद्वारा इटालीलाई १२४ रनको सामान्य लक्ष्य
+
-

काठमाडाैँ– आइसिसी टी-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई जितका लागि १ सय २४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम ३ बल बाँकी हुँदै १ सय २३ रनमा समेटियो।

नेपालका लागि आरिफ शेखले २७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कप्तान रोहित पौडेलले २३ रन बनाउँदा आसिफ शेखले २० रन बनाए। थप दोहोरो स्कोरका रुपमा दिपेन्द्र सिह ऐरीले १७ रन बनाए। त्यस्तै, करण केसी १८ रनमा अविजित रहे।

नेपालविरुद्ध कसिलो बलिङ गर्ने क्रममा इटालीका लागि क्रिसहन कलुगामागेले ३ विकेट लिँदा बेन मेनेन्टीले २ तथा जेजे स्मिथ, अली हसन र जसप्रित सिंहले समान १-१ विकेट लिए।

मुम्बईको वाङ्खडे मैदानमा जारी खेलमा इंग्ल्यान्डविरुद्धको प्लेइङ ११ मा नेपालले आज एक परिवर्तन गरेको छ। जहाँ शेर मल्लको स्थानमा ललित राजवंशीलाइ मौका दिएको छ। इटाली केही समयपछि जवाफी ब्याटिङका लागि मैदान उत्रिँदै छ।

प्रतियोगितामा दुवै टोली पहिलो जितका लागि मैदानमा उत्रिँदै छन्। आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग तथा इटाली स्कटल्यान्डसँग पराजित भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?