प्रतिनिधिसभा निर्वाचन: धनुषा- ३ मा तीन निवर्तमान सांसदसहित ४५ जना प्रतिस्पर्धामा

प्रतिनिधिसभा निर्वाचन: धनुषा- ३ मा तीन निवर्तमान सांसदसहित ४५ जना प्रतिस्पर्धामा
+
-
देशसञ्चार AI सारांश
  • धनुषा निर्वाचन क्षेत्र नं. ३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ४५ जना उम्मेदवार प्रतिस्पर्धी बनेका छन् ।
  • निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
  • २०७९ मा यस क्षेत्रबाट नेकपा एमालेकी जुली महतो निर्वाचित भएकी थिइन् भने वर्तमानमा रास्वपाको प्रभाव बढिरहेको छ ।

जनकपुरधाम- आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट ४५ जना उम्मेदवार छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाम सहितको क्षेत्र पर्ने यस निर्वाचन क्षेत्रमा तीनजना निवर्तमान प्रतिनिधिसभा सदस्य समेत उम्मेदवार छन् ।

नेकपा एमालेकी जुली कुमारी महतो (महासेठ), नेपाली कांग्रेसका विमलेन्द्र निधि र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झा उम्मेदवार हुन् । यी तीन मध्ये जुली महतो र निधि पूर्व मन्त्री समेत हुन् ।

धनुषा ३ मा ४५ जना उम्मेदवार भएपनि मुख्य प्रतिष्पर्धा यी तीन बिच हुने देखिएको छ । जुली २०७९ को निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षमा निर्वाचित भएकी थिइन् भने निधि र झा समानुपातिक तर्फका सांसद थिए ।

धनुषा क्षेत्र नम्बर ३ मा जनकपुरधाम उपमहानगरपालिकाको २५ मध्ये १७ वटा वडा, नगराइन नगरपालिका, धनौजी गाउँपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको सबै वडा तथा विदेह नगरपालिकाको एउटा वडा गरी ३८ वटा वडा यस क्षेत्रमा पर्छ ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचन परिणाम अनुसार ३८ वडामध्ये १८ वडामा नेपाली कांग्रेस, १० वडामा नेकपा एमालेका वडाध्यक्ष छन् भने बाँकी वडामा अन्य दलका वडाध्यक्ष छन् । यस्तै, जनकपुरधामका प्रमुख र उपप्रमुख, धनौजीको अध्यक्ष र उपाध्यक्ष, नगराईनका प्रमुख कांग्रेसका छन् । नगराईनको उपप्रमुख नेकपा एमालेका छन् भने मुखियापट्टी मुसहरनियाँको अध्यक्ष र उपाध्यक्ष जसपा नेपालका छन् ।

संगठनात्मक हिसाबले कांग्रेस र एमाले यस क्षेत्रमा बलियो देखिएतापनि गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि यस क्षेत्र लगायत मधेस प्रदेशमा रास्वपाको समेत प्रभाव देखिएको छ ।

काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) रास्वपामा प्रवेश गरेपछि मधेस प्रदेशको क्षेत्रमा रास्वपाको समेत प्रभाव देखिन थालेको छ । रास्वपाको क्रेज भएपनि कांग्रेस र एमाले जस्तो वडास्तरसम्म रास्वाको संगठन अहिले छैन ।

धनुषा ३ बाट यी तीन बाहेक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रामललित मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुसैन कवारी, जनता समाजवादी पार्टी (जसपा) नेपालका परमेश्वर साह, जनमत पार्टीका गोपाल प्रसाद साह उम्मेदवार छन् ।

श्रम संस्कृति पार्टीबाट सदाम हुसैन, उज्यालो नेपाल पार्टीबाट प्रमोद कुमार साह, आम जनता पार्टीबाट प्रदिप विक्रम साह, नेपाल मजदुर किसान पार्टीबाट गंगा लक्ष्मी वैद्य, नेपालका लागि नेपाली पार्टीबाट चन्दन कुमार झा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राजीव कुमार झा उम्मेदवार छन् । राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा बुधबार मात्र रास्वपाका उम्मेदवारलाई समर्थन गर्दै रास्वपामा प्रवेश गरिसकेका छन् ।

यस्तै, यस क्षेत्रमा स्वतन्त्रबाट अमित कुमार पाठक, अरबिन्द कुमार पासवान, अजयकुमार यादव, दिवाकर कुमार साहलगायतका उम्मेदवार छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा १६ जना विभिन्न राजनीतिक दलबाट र २९ जना स्वतन्त्र उम्मेदवार छन् ।

यस क्षेत्रबाट २०७९ को निर्वाचनमा नेकपा एमालेकी जुली निर्वाचित भएकी थिइन् भने २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी, नेपालका राजेन्द्र महतो निर्वाचित भएका थिए । २०७० को निर्वाचनमा भने निधिले जुलीलाई पराजित गरेका थिए ।

२०७९ को निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट उम्मेदवार रहेका अनिलकुमार झालाई जुलीले ९ हजार ७०२ मतान्तरले पराजित गरेकी थिइन् । एमाले-जसपा नेपाल गठबन्धनबाट उम्मेदवार रहेकी जुलीले ३३ हजार ३८८ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्दी झाले २३ हजार ६८६ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेका जनमत पार्टीका शम्भुनाथ साहले ७ हजार ३७४ मत ल्याएका थिए ।

२०७४ को निर्वाचनमा भने यस क्षेत्रमा राजपा नेपालका राजेन्द्र महतोले निधिलाई २ हजार ९०३ मतान्तरले पराजित गरेका थिए । महतोले ३० हजार ७५० मत ल्याउँदा निधिले २७ हजार ८४७ मत ल्याएका थिए ।
धनुषा ३ मा १ लाख २५ हजार ९२७ जना मतदाता छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?