कालाकाटेमा विद्यार्थी चढेको अटो र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

कालाकाटेमा विद्यार्थी चढेको अटो र टिप्पर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते
+
-

दाङ- देउखुरीको कालाकाटे क्षेत्रमा टिप्पर र अटो ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गढवा गाउँपालिका- १, कालाकाटे निवासी ३६ वर्षीय जोरकुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार बिहान भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटो आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक पुनको शव हाल भालुवाङ अस्पतालमा राखिएको छ।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिएका छन्।

अटोमा विद्यालय जान लागेका पाँच जना विद्यार्थी सवार रहेको र उनीहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?