बंगलादेशमा आम निर्वाचनका लागि मतदान जारी

बंगलादेशमा आम निर्वाचनका लागि मतदान जारी
+
-
देशसञ्चार AI सारांश
  • बंगलादेशमा आम निर्वाचनका लागि करीव १२ करोड ७० लाख मतदाताले आज आफ्नो मताधिकार प्रयोग गर्दै छन्।

  • खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री पदका प्रमुख दाबेदार मानिएका छन्, उनी बीएनपीबाट उम्मेदवार छन्।

  • बंगलादेशमा यो निर्वाचनमा १,९८१ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्, जसमध्ये २४९ जना स्वतन्त्र छन्।

बंगलादेशमा आम निर्वाचनका लागि मतदान जारी रहेको छ। शेख हसिना सताच्युत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन भइरहेको हो। हसिनाको दल अवामी लिग समेत यो चुनावमा प्रतिवन्धित रहेको छ। मतदान बेलुका ४:३० सम्म सञ्चालन हुने छ।

यो पटक ५१ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिएका छन्। देशभर करिब १२ करोड ७० लाख मतदाताले आज आफ्नो मताधिकार प्रयोग गर्दै छन्। यस निर्वाचनमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण मानिएको छ, किनकि करिब आधा मतदाता १८ देखि ३७ वर्ष उमेर समूहका छन्। तीमध्ये करिब ४५ लाख ७० हजार मतदाताले पहिलो पटक मतदान गर्दैछन्।

पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री पदका सबैभन्दा बलिया दाबेदार मानिएका छन्। यस निर्वाचनमा उनको पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्ताको मुख्य दाबेदारका रूपमा रहेको छ।

यस्तै, जमात-ए-इस्लामीका नेता शिफुकर रहमान तथा नेसनल सिटिजन्स पार्टी (एनसीपी) का नेता नाहिद इस्लाम पनि प्रधानमन्त्री पदका महत्वपूर्ण उम्मेदवारका रूपमा देखिएका छन्। नाहिद इस्लामले जमात–एनसीपीसहित ११ दलको गठबन्धनले सरकार गठन गर्ने दाबी गरेका छन्।

निर्वाचनमा कुल १,९८१ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये २४९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। निर्वाचनमा सहभागी प्रमुख दलहरूमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी), जमात-ए-इस्लामी, नेसनल सिटिजन्स पार्टी (एनसीपी), जातीय पार्टी (जेपी-कादर), जातीय पार्टी (जेपी-एरशाद), लेफ्ट डेमोक्रेटिक एलायन्स तथा अमर बंगलादेश पार्टी रहेका छन्।

बंगलादेशमा मतदान बिहान ७:३० बजेदेखि साँझ ४:३० बजेसम्म हुनेछ। तर, साँझ ४:३० बजेसम्म मतदान केन्द्रमा लाइनमा बसेका मतदातालाई मतदान गर्न दिइनेछ। मतगणना आज साँझबाटै सुरु हुने जनाइएको छ।

बंगलादेशका गृह सल्लाहकार एमडी जहाँगीर आलम चौधरीले मतदानका क्रममा मतपेटिका खोस्ने, नक्कली मतदान गर्ने वा कुनै पनि प्रकारको अनियमितता भएमा कानुनी निकाय तथा निर्वाचन अधिकारीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?