झापामा आजदेखि ‘अर्थोकोन–२०२६’ सम्मेलन

झापामा आजदेखि ‘अर्थोकोन–२०२६’ सम्मेलन
+
-
देशसञ्चार AI सारांश
  • झापामा यही वर्ष नेपाल अर्थोपेडिक एसोसिएसनको वार्षिक सम्मेलनमा ५०० भन्दा बढी हाडजोर्नी चिकित्सकको सहभागिता रहनेछ।
  • सम्मेलनले शिक्षा, नवप्रवर्तन र सहयोगलाई मुख्य विषय बनाएर स्वास्थ्य पर्यटन र अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने अपेक्षा छ।
  • नेपाली चिकित्सकहरुले गरेको नवप्रवर्द्धनलाई चर्चामा ल्याउँदै, सम्मेलनमा नयाँ प्रविधि र उपकरणको प्रदर्शनी गरिनेछ।

बनियानी (झापा)- झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ हुने भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको बृहत् सम्मेलन हुने भएको हो ।

बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष डा लक्ष्मी मैनालीले आजदेखि फागुन ४ गतेसम्म हुने सम्मेलनमा एक सय जनाभन्दा बढी हाडजोर्नीका अन्तरराष्ट्रिय चिकित्सक तथा नेपालका ४०० भन्दा बढी हाडजोर्नी चिकित्सकको बृहत् सहभागिता रहने बताए ।

‘शिक्षा, नवप्रवर्तन र सहयोग’ भन्ने मूल नाराका हुने सम्मेलनले यहाँको स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गर्नाका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको उनको भनाइ छ ।

डा प्रेमबहादुर साहीले सम्मेलनबाट हाडजोर्नीका क्षेत्रमा भइरहेका नयाँ प्रयोग र सफलताका विषयमा बृहत्त् जानकारी दिन नयाँ र अनुभवी चिकित्सकहरूले गम्भीर विमर्श गर्ने बताए।

यसले हाडजोर्नीका क्षेत्रमा नेपाली चिकित्सक वैज्ञानिकहरूले नवप्रवर्द्धनका क्षेत्रमा गरेका काम र तीनवटा प्रविधि/उपकरण प्रदर्शनी गरिने उनले जानकारी दिए। पत्रकार सम्मेलनमा डा निराजन पराजुलीले अन्तरराष्ट्रिय ख्यातिप्राप्त चिकित्सक आउने भएकाले विद्यार्थी र नयाँ चिकित्सकलाई कार्यक्रम उपयोगी हुने बताए ।

उनले सम्मेलनमा ‘साइन्टिफिक कोर्स’ र विभिन्न चिकित्कसहरूका कार्यपत्रमाथि चर्चा हुने जानकारी दिए । नेपालका डाक्टरहरु चिकित्सा क्षेत्रमा नयाँ प्रविधि र नयाँ–नयाँ आविष्कार गर्न सक्षम भइसकेको भन्दै सम्मेलनले तिनको प्रचारप्रसारमा योगदान पुग्ने डा नागमणि सिंहको भनाइ थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?