भुटानको टोलीलाई पाखा लगाउँदै एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा

भुटानको टोलीलाई पाखा लगाउँदै एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा
+
-
देशसञ्चार AI सारांश
  • सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले भुटानको रोयल थिम्पु कलेजलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो।
  • कप्तान हरि कार्कीले ह्याट्रिक गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गर्ने कीर्तिमान हासिल गरे।
  • फागुन ४ गते फाइनल हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार पाउनेछन्।

झापा- झापाको बिर्तामोडमा जारी प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले सानदार जित दर्ता गरेको छ।

बुधबार भएको खेलमा कप्तान हरि कार्कीको ह्याट्रिकको मद्दतले एपीएफले भुटानको रोयल थिम्पु कलेजलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो।

खेल अवधिभर आक्रामक देखिएको एपीएफसामु भुटानी टोली निरिह देखिएको थियो।

खेलको सुरुवातदेखि नै दबाब बनाएको एपीएफका लागि छैटौँ मिनेटमै प्रदीप लामाले ३० यार्ड टाढाबाट उत्कृष्ट लङ रेञ्जर गोल गर्दै खाता खोलेका थिए।

त्यसपछि कप्तान हरि कार्कीको जादुमयी प्रदर्शन सुरु भयो। उनले खेलको १८ औँ मिनेटमा दीपेश धिमालको पासलाई गोलमा परिणत गरे भने २२ औँ मिनेटमा रिबाउन्स बललाई सदुपयोग गर्दै टोलीको अग्रता ३–० पुर्‍याएका थिए।

दोस्रो हाफमा पनि एपीएफले आफ्नो आक्रामक लयलाई कायम राख्यो। खेलको ८३ औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै कप्तान कार्कीले जारी प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गर्ने कीर्तिमान रचे।

यता भुटानको तर्फबाट खेलको ७९ औँ मिनेटमा किन्जाङ तेन्जिङ शेर्पाले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए।

उत्कृष्ट प्रदर्शन गरेका हरि कार्की ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत बिहीबार मछिन्द्र एफसी र मलेसियाको एन पेनाङबीच अन्तिम क्वार्टर फाइनल खेल हुनेछ।

फागुन ४ गते फाइनल हुने यस प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?