जेन–जी विद्रोहपछि साँच्चीकै सच्चिएर आएको दल कांग्रेस होः विश्वप्रकाश शर्मा

जेन–जी विद्रोहपछि साँच्चीकै सच्चिएर आएको दल कांग्रेस होः विश्वप्रकाश शर्मा
+
-

नेपालगन्ज – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गरेका छन्।

कांग्रेसले आज नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले अलमल गर्ने सुविधा कांग्रेसलाई नभएको बताएका हुन्।

शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको बताए। ‘जेनजी विद्रोहपछि साँच्चीकै सच्चिएर आएको दल कांग्रेस हो,’ उनले भने, ‘देशलाई गाँस्ने पार्टी कांग्रेस हो। अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससंँग छ। इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समार्थ्य कांग्रेससंँग छ।’

शर्माले जो जहाँ जुन पदीय जिम्मेवारीमा छ, उसले आफू त्यहीँ खटिएर काम गर्नुपर्नेमा जोड दिए।

भेलामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूल समिति संयोजक राजु खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुन, क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर २ का उम्मेदवार सुधांशु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकांक्षा सम्बोधन र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?