लेखक कुमार शर्माको उपन्यास ‘कम्पनी’ सिड्नीमा लोकार्पण

लेखक कुमार शर्माको उपन्यास ‘कम्पनी’ सिड्नीमा लोकार्पण
+
-
देशसञ्चार AI सारांश
  • सिड्नीको ब्ल्याकटाउन सिटी काउन्सिलमा कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’को लोकार्पण आकर्षक कार्यक्रमबीच सम्पन्न भयो।
  • गर्गी शर्मा, ज्ञानु वाकर पौडेल र सानु घिमिरेसहितको संयुक्त टोलीले उपन्यासको विधिवत लोकार्पण गरे।
  • उपन्यास ‘कम्पनी’ एक विद्यार्थी र मजदुरको जीवन तथा परम्परागत सोचको टकरावको कथा हो।

सिड्नी निवासी साहित्यकार कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सिड्नीमा लोकार्पित भएको छ।

सिड्नीस्थित ब्ल्याकटाउन सिटी काउन्सिलको आयोजनामा भएको कार्यक्रममा लेखक, अग्रज साहित्यकार र नेपाली डायस्पोरिक समुदायको उल्लेख्य सहभागिता रह्यो।

करिब दुई घण्टासम्म चलेको कार्यक्रममा उपन्यास लोकार्पण गार्गी शर्मा, ज्ञानु वाकर पौडेल, कुमार शर्मा, सानु घिमिरे र शौरभ श्रेष्ठले संयुक्त रूपमा गर्नु भएको थियो। कार्यक्रममा सानु घिमिरेले पुस्तक संवादको संयोजन गर्दै उपन्यासका विविध आयामबारे छलफल गराउनुभयो।

लेखक प्रकाश पन्थी तथा प्रज्ञा पनेरुले लोकार्पित पुस्तक ‘कम्पनी’ माथि आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो। प्रतिज्ञा अधिकारीले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा अग्रज साहित्यकार ज्ञानु वाकर पौडेलले शुभकामना मन्तव्य पनि व्यक्त गर्नुभएको थियो।

करिब एक दशकदेखि सिड्नीमा बसोबास गर्दै आउनुभएका शर्मा अस्ट्रेलियाको पोस्टल सर्भिसेजमा कार्यरत हुनुहुन्छ। लामो समय अखबारी लेखनमा संलग्न रहेपछि उहाँ आख्यान लेखनतर्फ उत्रिनु भएको हो।

‘कम्पनी’ उपन्यास दक्षिण कोरियाको सोल सहरमा एक विद्यार्थी र मजदुर जीवनको दोसाँध वरिपरि केन्द्रित छ। परम्परागत बाटो नहिँडेर आफ्नो मनको आवाज सुन्ने एक वयस्क युवकको ‘कमिङ अफ द एज’ कथा यस उपन्यासमा प्रस्तुत गरिएको छ।
उपन्यास बुकहिल पब्लिकेशनले प्रकाशन गरेको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?