जितपुरसिमरा उपमहानगरबाट करदाता सेवा सुरु

जितपुरसिमरा उपमहानगरबाट करदाता सेवा सुरु
+
-
देशसञ्चार AI सारांश
  • जितपुरसिमरा उपमहानगरपालिका र आन्तरिक राजस्व कार्यालयले करदाता सेवा प्रवाह सुरु गरी व्यवसाय र प्यान दर्ता नजिकबाटै उपलब्ध गराए।
  • आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुखले पालिकामा कर प्रशासन सुदृढ भई करदाताको झन्झट कम गर्ने अपेक्षा व्यक्त गरेका छन्।
  • नगरप्रमुख पौडेलले सेवाग्राहीको चाप बढ्नेलाई मध्यनजर गर्दै कर्मचारी काजमा खटाउन र सम्बन्ध सुदृढ बनाउन आग्रह गरे।

सिमरा – बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाबाट करदाता सेवा प्रवाह सुरु गरिएको छ। जितपुरसिमरा उपमहानगरपालिका र आन्तरिक राजस्व कार्यालय सिमराको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरिएको हो।

नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यवसायिक प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० वितरण गर्दै करदाता सेवा प्रवाह सुरु गरिएको थियो। सेवा शुभारम्भकै दिन पहिलो सेवा लिने सेवाग्राहीलाई सम्मानसमेत गरिएको छ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले देशभरका उपमहानगरपालिकामध्ये पहिलो पटक जीतपुरसिमरा उपमहानगरपालिकाबाट करदाता सेवा सुरु गरिएको जानकारी दिए। कार्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहबाट करदाता सेवा उपलब्ध गराउने निर्णय गरेपछि पालिकाहरूमा सेवा विस्तारको प्रक्रिया अघि बढेको उनले बताए।

उपमहानगरपालिकाबाट करदाता सेवा सुरु भएसँगै स्थानीय स्तरमै प्यान दर्ता, व्यवसाय दर्ता, करचुक्ता लगायतका सेवा उपलब्ध हुने हुँदा करदातालाई सदरमुकाम वा अन्य कार्यालय धाउनुपर्ने झन्झट अन्त्य हुने विश्वास व्यक्त गरिएको छ। यसले समय र खर्च बचत हुनुका साथै कर प्रणालीप्रति नागरिकको पहुँच र विश्वास बढ्ने अपेक्षा गरिएको छ।

आन्तरिक राजस्व कार्यालय सिमराले तोकिएको कार्यदेश अनुसार पालिकामा खटिने कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसबाट स्थानीय तहमा कर प्रशासन सुदृढ भई करको दायरा विस्तार हुने र उपमहानगरपालिकाको आन्तरिक राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रशासन शाखा प्रमुख रामेश्वर बन्जाराले करदाता मैत्री नीति निर्माण गर्दै करदातालाई आफ्नै नजिकको कार्यालयबाट सेवा प्रदान गर्ने उद्देश्यअनुसार प्यान दर्ता, करचुक्ता लगायतका सेवा उपमहानगरपालिकाबाटै उपलब्ध गराइने जानकारी दिए।

कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले व्यवसायीले कर तिर्न जाँदा भोग्नुपरेको सास्ती अब घट्ने विश्वास व्यक्त गरे। सेवा सदरमुकाम केन्द्रित नभई पालिकामै उपलब्ध हुँदा स्थानीय व्यवसायी र नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने उनको भनाइ थियो। उनले कम्पनी रजिस्ट्रार तथा घरेलु कार्यालयसम्बन्धी सेवासमेत क्रमशः पालिकामै विस्तार गर्न आग्रह गरे।

आन्तरिक राजस्व विभागका निर्देशक मदन दाहालले हालसम्म ३२ वटा पालिकाबाट करदाता सेवा सुरु भइसकेको जानकारी दिँदै आगामी आर्थिक वर्षदेखि ७५३ वटै स्थानीय तहबाट सेवा प्रदान गर्ने लक्ष्यअनुसार काम भइरहेको बताए। पहाडी तथा दुर्गम क्षेत्रका नागरिकले कर सेवा लिन भोग्दै आएको कठिनाइ अन्त्य गर्ने उद्देश्यले सरकारले स्थानीय तहबाटै सेवा सुरु गरेको उनको भनाइ थियो।
सेवा हस्तान्तरण कार्यक्रममा नगरप्रमुख राजन पौडेलले करदाता सेवा सञ्चालनको प्रशासनिक जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतमार्फत व्यवस्थापन गर्न आग्रह गरे।

उनले जीतपुरसिमरा उपमहानगरपालिका जस्तो ठूलो स्थानीय तहमा सेवाग्राहीको चाप बढ्ने सम्भावना रहेकाले आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरी कम्तीमा ८ महिनाका लागि कर्मचारी काजमा खटाउन सुझाव दिए। यसले सेवा प्रवाह सहज हुनुका साथै स्थानीय कर्मचारीको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने उनले बताए।

नगरप्रमुख पौडेलले करदाताबाट हुँदै आएका सेवा स्थानीय तहबाट अधिकतम उपयोग गर्न व्यवसायी तथा नागरिकलाई आग्रह गर्दै स्थानीय सरकार र करदाताबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

सेवा शुभारम्भ कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने लगायत जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको उपस्थिति थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?