मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार

मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार
सांकेतिक तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मकवानपुरमा १५ जनाले निजी प्रयोजनका हतियार बुझाएका छन्।
  • जिल्ला प्रशासनको सार्वजनिक सूचनालाई पालना गर्दै अहिलेसम्म ६० मध्ये १५ ले हतियार बुझाइसकेका छन्।
  • हतियार बुझाउँदा निस्सा प्रदान हुने र चैत २० पछि ती हतियारधनीलाई फिर्ता गरिने छ।

बागमती- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले निजी प्रयोजनका लागि राखिएको इजाजत प्राप्त हतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा १५ जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट जिल्लाभरीका ६० जनाले हतियार राख्ने इजाजत लिएकामा हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालमा उक्त सङ्ख्यामा हतियार बुझाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

उनका अनुसार इजाजत लिएका हतियार बुझाउने क्रम अझै जारी छ । स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियारधनीसँग भएका इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ ।

सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यवस्था रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। हतियार बुझाउँदा दिइएको निस्साको आधारमा आगामी चैत २० गतेपछि ती हतियार सम्बन्धित हतियारधनीलाई फिर्ता गरिने उनको भनाइ छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?