वाङ्खडेमा टुटेको नेपालको अर्को सपना

वाङ्खडेमा टुटेको नेपालको अर्को सपना
+
-

काठमाडौँ – गत विश्वकपमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जितनजिक पुगेर १ रनले पराजित भएको थियो। विश्वको ध्यान खिचेको उक्त प्रतियोगितामा नेपालले गरेको प्रदर्शन अझै पनि धेरै नेपालीका लागि चुकचुकाउने क्षणका रुपमा मानसपटलमा ताजै छ।

एकवर्षपछि टी-२० विश्वकपकै अर्को इभेन्टमा आइतबार नेपाल अर्को सनसनीपूर्ण क्षण सिर्जना गरेर फेरि एकपटक चुकचुकाउन पुगेको छ। विश्वकपमा टेस्ट टोलीलाई हराएर नयाँ इतिहास रच्ने लक्ष्य रहेको नेपालको प्रतिक्षा फेरि एकपटक नजिक आएर टाढिएको छ।

आइतबार वाङ्खडे मैदानमा भारतमै रहेका र नेपालबाट लामो यात्रा गरेर मुम्बई पुगेका नेपाली दर्शकको ठूलो संख्या नेपालको जितको कामनासहित अन्तिम बलसम्म हात जोडेर प्रार्थना गर्न बाध्य भएका थिए। किनकि नेपालले अन्तिम बलसम्म पनि जितको सम्भावनालाई लम्ब्याएको थियो।

तर, अन्तिम बलसँगै ४ रनको हार व्यहोर्दा नेपालको सपना फेरि एकपटक निरासामा बदलियो। तर, फेरि पनि टेस्ट टोलीविरुद्ध नेपालले गरेको बहादुरीपूर्ण प्रदर्शनको चर्चाले स्वभाविक रुपमा नेपाली क्रिकेटको गाथालाई थप परिस्कृत गरेको छ।

सम्भवतः इंग्ल्यान्डले सायदै सोचेको थियो होला नेपालले यो स्तरमा टक्कर दिन्छ भनेर। केही इंग्लिस समर्थक त खेलअघिसम्म पनि नेपाल विश्वकप खेल्दै छ भन्नेसम्म थाहा नभएको बताएका थिए। तर, क्रिकेटको वास्तविक्ता मैदानमा हुने ब्याट र बलले नै निर्धारण गर्छ। भयो पनि त्यस्तै। अन्तिम बलसम्म खेल लम्किँदा नेपाललाई भन्दा बढी इंग्ल्यान्डको मुटु धड्किएको थियो।

किनकि इंग्ल्यान्ड फेरि २००९ नदोहोरियोस् भन्ने चाहन्थ्यो। किनकि २००९ मा इंग्ल्यान्ड नेदरल्यान्ड्ससँग पराजित भएको थियो। यो पटक नेपाल अर्को एसोसिएटेड टोली थियो, जसले इंग्ल्यान्डको त्यो विगतलाई ताजा बनाइदियो। तर, अन्तिम समयमा नेपाल चुक्दा इंग्ल्यान्डले राहत महसुस गर्‍यो।

पहिले ब्याटिङ गर्दै इंग्ल्यान्डले नेपालसामु १८५ रनको उच्च स्कोर बनाएसँगै धेरैलाई लागेको थियो कि बलियो विपक्षी टेस्ट टोली र नेपालको अस्थिर ब्याटिङले यो स्कोरको छेउ भेटाउँछ भन्ने तर नेपाली ब्याटरले सुरुवातबाटै उत्कृष्ट लय समाए। अनि चर्चित र स्टार खेलाडीले भरिएको इंग्ल्यान्डलाई सुरुवातबाटै पसिना छुटाए।

नेपालले ओपनर आसिफ शेखलाई ७ रनमै गुमायो। ४२ रनको अवस्थामा नेपालले दोस्रो विकेका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएपछि दबाबमा परेको थियो। तर, त्यसपछि क्रिजमा आएका दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलबीच तेस्रो विकेटका लागि ८२ रनको साझेदारी भयो।

त्यसपछि ऐरी ४४ र पौडेल ३९ रनमा आउट भएपछि क्रिजमा आएका लोकेश बमले खेललाई अन्तिमसम्म पुर्‍याए तर अन्तिम ओभरमा ६ बलमा १० रन चाहिएको थियो। जहाँ नेपालले ५ रन मात्र जोड्न सक्यो। बलरका रुपमा आएका साम करनको कसिलो बलिङले नेपालले बाउन्ड्री भेटाउन असफल भयो।

इंग्ल्यान्डसँगको यो प्रतिस्पर्धात्मक हारपछि कप्तान रोहित पौडेलले नतिजा आफ्नो पक्षमा नभए पनि प्रयासका हिसाबले फिल्डिङ, बलिङ र ब्याटिङमा टोलीले शतप्रतिशत मिहिनेत गरेको बताए। उनले इङ्ल्यान्डलाई डेथ ओभरमा बलिङ गर्न कठिन भइरहेको अवस्थामा स्याम करनले निकै राम्रो बलिङ गरेको भन्दै टिम थप परिस्कृत भएर मैदानमा उत्रिने बताए।

इंग्लिस खेलाडी ह्यारी ब्रुक्सले खेल निकै कठिन भएको भन्दै उनले भाग्यवश जितेको बताए। उनले भने, ‘नेपालले असाध्यै राम्रो खेल्यो। धेरै टोलीले आदिल राशिदलाई उनीहरूले जस्तो दबाबमा पार्न सक्दैनन्। उनीहरूले हामीलाई कठिन परिस्थितिमा पुर्‍याए। हामीले लक्ष्य जोगाउन सक्ने राम्रो अवस्था बनाएको ठानेका थियौँ, तर खेल यति नजिक पुग्छ भन्ने सोचेका थिएनौँ।’

उनले प्रतियोगिताको बाँकी यात्राका लागि नेपाललाई शुभकामनासमेत दिए। प्रतियोगिताको पहिलो खेलमा नेपालले जति रोमाञ्चकपूर्ण प्रदर्शन गर्‍यो, सोही प्रदर्शन दोहोर्‍याएमा नेपालको सुपर आठको दाबेदारीमा आफूलाई उभ्याउने पक्का छ। अब इटाली, वेस्टइन्डिज र स्कटल्यान्डसँग नेपालले खेल्न बाँकी छ। यी टिमविरुद्धको प्रदर्शन स्वभाविक रुपमा निर्णायक बन्दै जाने छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?