काठमाडौं- नेपाल सरकारका पूर्वसचिव डाक्टर मानबहादुर बिके लिखित समानुपातिक समावेशिता (जेनजी आन्दोलनको अपेक्षा र संरचनात्मक रुपान्तरण) नामक पुस्तक लोकार्पण भएको छ।
राष्ट्रिय दलित कर्मचारी समाज नेपालले प्रकाशन गरेको डा. बिकेद्धारा लिखित पुस्तक राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले काठमाडौंमा आयोजित एक समारोहका विच बिमोचन गरेका हुन्।
पुस्तक बिमोचन कार्यक्रममा शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, काठमाडौं विश्वविद्यालयका उप्राध्यापक उद्धव प्याकुरेल, समावेशिकरण विज्ञ रिता साह र पाल्मो तामाङलगायतले पुस्तकमाथी समीक्षा गरेका थिए। समानुपातिक समावेशितामाथि दलितहरु गम्भीर हुनु पर्ने बताए दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले। उनले भने, ‘समावेशितालाई लिएर दलित साथीहरू गम्भीर हुनु पर्छ।’
पुस्तकको कभरमा जेनजीको जुत्ता राखिएको छ। उक्त पुस्तकमा पूर्वसचिव बिकेद्धारा यस अघि विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा प्रकाशित लेख तथा रचना समावेश गरिएका छन्।
दलित समुदायबाट पहिलो पटक नेपाल सरकारको सचिव बनेका डाक्टर बिके बागमती प्रदेश सरकारको प्रमुख सचिव बनेर ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश बनेका थिए। दलित समुदायबाट सचिव बन्ने पनि डाक्टर बिके पहिलो व्यक्ति हुन्।