चेतना संरक्षण प्रतिष्ठानद्वारा ९ जना स्रष्टा सम्मानित

चेतना संरक्षण प्रतिष्ठानद्वारा ९ जना स्रष्टा सम्मानित
+
-
देशसञ्चार AI सारांश
  • चेतना संरक्षण प्रतिष्ठानको २१ औं वार्षिकोत्सवमा विभिन्न विधाका ८ जना सृष्टालाई नगदसहित सम्मान गरिएको छ।
  • मन्त्री भीम पराजुलीले सृष्टाहरुका सम्मानमा प्रदेश सरकारको सहयोग गर्ने प्रतिवद्धता कार्यक्रमका क्रममा व्यक्त गरे।
  • प्रतिष्ठानले भारत, नेपालका विभिन्न स्रष्टाहरूलाई लाखौं रकमका मान्यता सम्मान पुरस्कारहरु प्रदान गरेको छ।

माेरङ – चेतना संरक्षण प्रतिष्ठानको २१ औं वार्षिकोत्सवका अवसरमा विभिन्न विधाका ९ जना सृष्टालाई सम्मान गरिएको छ। विराटनगरमा शनिबार आयोजित कार्यक्रममा बालप्रतिभादेखि पत्रकार र सामाजिक ब्यक्तित्वसम्मलाई प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो।

कार्यक्रममा कोशी प्रदेशमा वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले सृष्टाहरुका लागि आउने दिनमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । संस्कृति क्षेत्र सामाजिक मन्त्रालयतर्फ पर्ने भएपनि यसको अर्थ भेग हुने र पर्यटनमा समेत यसलाई राख्न सकिने हुँदा आउँदो बजेटमा सृष्टाहरुको सम्मानमा प्रतिष्ठानका लागि आवश्यक सहयोग गर्ने मन्त्री पराजुलीले बताए । उनले आउँदो दिनमा प्रतिष्ठानका लागि बजेट राखेर संग्राहलय बनाउन पाउनु आफ्नो लागिपनि गौरवको विषय हुने बताए।

उनले भने, ‘मेरो मन्त्रालयमार्फत यस क्षेत्रको लागि सृष्टा, सर्जक तथा प्रतिष्ठानले अघि बढाएको अभियानप्रति सकारात्मक रहदै सहयोग गर्न पाउनुनै सौभाग्य हुनेछ।’

त्यसैगरि, कार्यक्रममा आयोजक प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले प्रतिष्ठानमा सबैजना कामका आधारमा समर्पित रहेको बताइन्। समाजमा लुकेर रहेका प्रतिभा र सम्मानबाट विमुख सृष्टा तथा प्रतिभालाई समाजमा उजागर गर्नुपर्नेमा जोड दिदैं उनले समाजमा रहेका साहित्य, कला, युवादेखि सामाजिक अभियान्तासम्मलाई सकारात्मक नजरले हेर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

प्रतिष्ठानद्वारा पुरस्कृत हुनेहरुमा भारत, असामका साहित्यकार तथा कलाकार कलाश्री विनोद खनाललाई २ लाख रुपैयाको जगतबन्धु÷अन्जु कार्की चेतना बिशेष सम्मान प्रदान गरिएको छ । त्यसैगरि, जनकपुरका साहित्यकार डा.राजेन्द्र बिमललाई एक लाख रुपैयाको धर्मानन्द/ रामप्यारी सिटौला साहित्य चेतना सम्मान प्रदान गरिएको थियो। काठमाडौका कलाकार मुकेश मल्ललाई ५१ हजार राशिको भूपेन्द्र प्रसाद÷शोभा रिजाल ललित कला चेतना सम्मान, महोत्तरीका सामाजिक अभियन्ता डा. ओममूर्ति अनिललाई ५१ हजार राशिको ओमप्रकाश गोयल समाजसेवा चेतना सम्मान, पत्रकार मातृका पौडेललाई ५१ हजार राशिको नरेश सुवेदी पत्रकारिता चेतना सम्मान, विराटनगरको परमार्थ सिंघीया आरती सेवा संस्थालाई ५१ हजार राशिको बालकिशन/नर्वदा देवी सनातन मानवीय धर्म संस्कृति चेतना सम्मान, नेपाली महिला फुटबल टोलीकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बालाई ५१ हजार राशिको डा.नरेन्द्र/भवानीशंकर/योगमाया युवा प्रतिभा चेतना सम्मान सम्र्पण गरिएको थियो। सोही क्रममा मोरङका बाल प्रतिभाद्वय बबिता राजबंशी र मिसराना खातुनलाई समान २१ हजार राशिको केदारनाथ÷श्रीमति मन्जु सत्याल बालप्रतिभा चेतना सम्मान प्रदान गरिएको प्रतिष्ठानका सचिव दिनेशराज सुवेदी दिङ्लाली कान्छोले जानकारी दिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?