अ
+
अ
अ
-
धनगढी– बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुचौँडी नगरपालिका– ७ बढ्गाउँ मोडमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेकाे छ।
मृतकको नामावली यसप्रकार छ:
१. जिल्ला बझाङ बित्थडचिर गा.पा.–७ बस्ने वर्ष ४० का केशब राज जोशी
२. ऐ.ऐ. बस्ने वर्ष १३ का अशोक राज जोशी
३. ऐ.ऐ. बस्ने वर्ष ३५ का बसन्त जोशी
४. ऐ.ऐ. बस्ने वर्ष ४१ का विष्णुदत्त जोशी (उपचारको क्रममा)
५. ऐ.ऐ. बस्ने वर्ष ४२ का नरेश राज जोशी (उपचारको क्रममा)
६. ऐ. केदारस्युँ गा.पा. बस्ने वर्ष ६० का मोहनदेव भट्ट
७. ऐ. जयपृथ्वी नगरपालिका–७ बस्ने वर्ष ४० का बसन्त राज रतला
८. जिल्ला बैतडी पुर्चौडी नगरपालिका–७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।