धनुषामा २ हजार १८३ जना अस्थायी मतदाता

धनुषामा २ हजार १८३ जना अस्थायी मतदाता
+
-
देशसञ्चार AI सारांश
  • प्रदेश निर्वाचन कार्यालयले धनुषामा २,१८३ जना अस्थायी मतदाता प्रस्तुत गरेको छ, जसमा सरकारी र सुरक्षाकर्मी समावेश छन्।
  • अस्थायी मतदाता सूचीमा ६४ जना सैनिक, ९८९ स्थानीय तह कर्मच, २०४ संस्थान, र ९२६ क्षेत्रीय-संघीय कर्मी छन्।
  • अस्थायी मतदाताले फागुन २१ मा समानुपातिक निर्वाचनमा मतदान गर्न पाउनेछन् र त्रुटि सच्याउन सक्नेछन्।

जनकपुरधाम – फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि धनुषामा २ हजार १८३ जना अस्थायी मतदाता कायम भएका छन्।

प्रदेश निर्वाचन कार्यालय मधेस प्रदेशले प्रकाशन गरेको प्रारम्भिक अस्थायी मतदाता नामावली अनुसार धनुषाको विभिन्न कार्यालयमा कार्यरत्त रहेका २ हजार १८३ जना कर्मचारीको अस्थायी मतदाता नामावली सार्वजनिक भएको हो।

प्रदेश निर्वाचन अधिकारी रोम बहादुर महतले सार्वजनिक गरेको प्रारम्भिक अस्थायी मतदाता नामावलीमा धनुषामा स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार, संस्थान र नेपाली सेनामा कार्यरत्त रहेकाहरुको नामावली सार्वजनिक गरिएको छ।

प्रदेश निर्वाचन कार्यालयले सार्वजनिक गरेको अस्थायी मतदाता नामावलीमा नेपाली सेनामा कार्यरत्त रहेका ६४ जना, संस्थान अन्तर्गत नेपाल विद्युत प्राधिकरण, खानेपानी संस्थान लगायतमा कार्यरत्त रहेका २०४ जना, स्थानीय तहमातहत धनुषाको १८ स्थानीय तहमा कार्यरत्त रहेका ९८९ जना कर्मचारी, प्रदेश सरकार मातहतको कार्यालयमा कार्यरत्त रहेका ४०३ जना र संघ सरकारको मातहत रहेको कार्यालयमा कार्यरत्त रहेका ५२३ जना कर्मचारीको नाम प्रारम्भिक अस्थायी मतदाता नामावलीमा प्रकाशन गरिएको छ।

अस्थायी मतदाताहरुले फागुन २१ मा हुने निर्वाचन अन्तर्गत समानुपातिक तर्फ मतदान गर्न पाउने छन्। प्रदेश निर्वाचन अधिकारी महतका अनुसार प्रारम्भिक अस्थायी मतदाता नामावलीमा छुट भएका व्यक्तिहरुले नाम समावेश गर्न तथा त्रुटि सच्याउन निवेदन पेश गर्न सक्नेछन्। अन्तिम अस्थायी मतदाता नामावलीमा नाम नभएका कर्मचारी तथा सुरक्षाकर्मीहरुले मतदान प्रक्रियामा भाग लिन नपाउने जनाइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?