लुम्बिनी प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक विदा

लुम्बिनी प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक विदा
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • प्रदेश सरकार र प्रदेश सभाले संयुक्त रूपमा लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मुल समारोहको आयोजना गरेका छन्।
  • मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन्।
  • संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको भन्दै मुख्यमन्त्रीले नीतिगत सुधार प्राथमिकतामा राखिएको उल्लेख गरेका छन्।

दाङ- लुम्बिनी प्रदेशको स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ।

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मुल समारोहको आयोजना गर्दैछन् ।

प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभर सार्वजनकि विदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यस अवसरमा शुभकामना दिँदै प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन सफल भएको बताएका छन् ।

प्रदेश स्थापना दिवसको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पारेका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत व्यवस्था निर्माण गरिएको जानकारी दिए । ती कानुनी तथा नीतिगत संरचनाले प्रदेश सरकारको कार्यान्वयन क्षमता बलियो बनेको उनले उल्लेख गरे ।

उनका अनुसार संघीयताको औचित्य व्यवहारमा देखिने गरी नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषि लगायत सामाजिक तथा आर्थिक क्षेत्रको सन्तुलित विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?