पारिवारिक विवादका कारण मोरङमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

पारिवारिक विवादका कारण मोरङमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या
+
-

बिराटनगर- मोरङको रंगेली नगरपालिकामा पारिवारिक विवादले उग्र रूप लिँदा एक दम्पत्तीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका वडा नं. ५ बहुवनका मुकेशकुमार मण्डलले धनपट्टीस्थित ससुराली घर पुगेर २१ वर्षीया श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन्।

मंगलबार बिहान करिब पौने तीन बजे मुकेशले श्रीमतीमाथि कुटपिट गर्दै चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

श्रीमतीको हत्या गरिसकेपछि मुकेशले सोही चक्कुले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। सोमबार बेलुका नै ससुराली पुगेका मुकेश र अम्बिकाबीच आपसी विवाद बढ्दै गएपछि यो बीभत्स घटना घटेको हो।

घटनास्थलमा अम्बिकाको मृत्यु भएलगत्तै मुकेशले आफ्नै घाँटी रेटेको अवस्थामा दुवैको शव फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिए।

प्रहरीले घटनाको थप कारण र विस्तृत विवरण संकलन गरिरहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?