सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित
+
-
देशसञ्चार AI सारांश
  • सिँचाइ सुविधा विस्तारपछि पौवादुङमा गाउँपालिकाका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भई नगदेबाली उत्पादन गर्न थालेका छन् ।
  • गाउँपालिकाद्वारा सञ्चालन गरिएको प्राविधिक सेवा तथा अनुदान कार्यक्रमले किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहन गरेको छ ।
  • पोखरी निर्माणले सिँचाइ समस्या समाधान भएपछि किसानले सहज रूपमा खेती गर्न र आयआर्जन बढाउन थालेका छन् ।

भोजपुर- सिँचाइ सुविधा विस्तार भएपछि यहाँको पौवादुङमा गाउँपालिका- १, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् ।

स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तार भएसँगै करिब तीन रोपनीमा व्यावसायिक तरकारीखेती सुरु गरेको जानकारी दिए । बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनिया, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन गर्दै आएको उनले बताए ।

“टोलमा सिँचाइ सुविधा विस्तार भएपछि खेती गर्न सहज भएको छ”, किसान कार्कीले भने, “विगतमा पानीको अभावले समस्या थियो । अहिले पोखरी निर्माणपछि तरकारीखेतीमा सक्रिय भएका छौँ ।”

गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसायिक तरकारीखेतीलाई थप प्रोत्साहन मिलेको कार्कीको भनाइ छ । सिँचाइ पोखरी निर्माण गरेर पानी वितरण गरिएपछि किसानले वर्षौँदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान भएको छ । हाल टोलमा तीनवटा ठूला सिँचाइ पोखरीमार्फत पानी वितरण भइरहेको छ ।

पौवादुङमा –१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईका अनुसार प्रदेश सरकारबाट क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिएको हो । “यस क्षेत्रमा सिँचाइ अभावले किसानलाई समस्या थियो”, उनले भने, “तरकारीलगायत कृषि उत्पादनका लागि यो क्षेत्र उपयुक्त भएकाले अब किसानले सहज रूपमा खेती गर्न सक्ने अवस्था बनेको छ ।”

सिँचाइ सुविधा विस्तारसँगै स्थानीय किसान व्यावसायिक रूपमा नगदेबाली खेतीमा जोडिन थालेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनका अनुसार सिँचाइ विस्तारपछि किसानले कृषि कर्ममार्फत आयआर्जन गर्न सक्ने वातावरण बनेको छ । सडक सञ्जालको राम्रो पहुँच रहेकाले यहाँ उत्पादित तरकारी बिक्रीमा पनि सहजता भएको उको भनाइ छ ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाभित्रका कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए । किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक अनुदान तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

अध्यक्ष राईका अनुसार कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित ‘एक घर, एक टनेल’ कार्यक्रमसँगै सिँचाइ पोखरी निर्माणलाई अघि बढाइएको छ । गाउँपालिकामा भूगोल र माटो सुहाउँदो जैविकखेतीमा जोड दिदै उत्पादित कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?