राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेता सार्वजनिक

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेता सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • वरिष्ठ नाटककार मनबहादुर मुखिया अमूल्य राष्ट्रिय कलाश्री सम्मानका लागि चयन भएका छन्।
  • श्रीओम श्रेष्ठ ‘रोदन’ लाई राष्ट्रिय कलाश्री पुरस्कार, निमेष निखिललाई युवा पुरस्कार प्रदान गरिने निर्णय भएको छ।
  • पुरस्कृत व्यक्तिहरूलाई आगामी फाल्गुन ४ गते काठमाडौँमा विशेष कार्यक्रममार्फत सम्मान गरिनेछ।

ललितपुर- नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि प्रदान गरिने राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ। कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा शुक्रबार ललितपुरमा सम्पन्न कार्यसमितिको बैठकले सम्मान तथा पुरस्कारका विजेताहरू चयन गरेको हो।

अमूल्य राष्ट्रिय कलाश्री सम्मानका लागि वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखिया चयन भएका छन्। यस्तै, राष्ट्रिय कलाश्री पुरस्कार प्रतिभाशाली कवि, निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’ लाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

यसैगरी, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक निमेष निखिललाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक राजेश खनाललाई प्रदान गरिने भएको छ। थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मिथिला कलाका साधक चित्रकार एस.सी. सुमनलाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार प्रसिद्ध लोकगायिका तथा सङ्गीत अन्वेषक झुमा लिम्बूलाई प्रदान गरिने निर्णय भएको छ।

प्रतिष्ठानका अनुसार राष्ट्रिय कलाश्री सम्मान अमूल्य रहेको छ भने राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ प्रदान गरिनेछ। स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ तथा अन्य पुरस्कारहरूमा ताम्रपत्रसहित जनही ५०–५० हजार रुपैयाँको राशी रहेको छ।

उक्त सम्मान तथा पुरस्कार आगामी फाल्गुन ४ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको प्रेक्षालयमा आयोजना गरिने विशेष कार्यक्रममा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ। स्मरणीय छ, प्रतिष्ठानले विगत १७ वर्षदेखि निरन्तर रूपमा कलाश्री सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?