अ
+
अ
अ
-
पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले यसपटकको देशसञ्चार चौतारीमा आफ्ना अनुभव र धारणाहरू साझा गरेका छन्।
उनले गत भदौमा भएको जेनजी आन्दोलनदेखि अहिलेको वर्तमान राजनीतिक घटनाक्रममाथि आफ्ना धारणा खुलस्तसँग राखेका छन्। जेनजी आन्दोलनलाई हाइज्याक गरिएको उनको धारणा छ।
प्रशासनिक क्षेत्रको लामो अनुभव सँगालेका डा. ढुंगेलले यसपटकको देशसञ्चार चौतारीमा नेपालको चुच्चे नक्साको प्रसंग पनि निकाल्दै कसरी त्यसमा केपी शर्मा ओलीले साथ दिएका थिएनन् भन्नेबारे पनि उल्लेख गरेका छन्। उनले भनेका छन्- ओलीले चुच्चे नक्साको कुरा सुन्नै चाहेका थिएनन्।
डा. ढुंगेलले नेपालको जलस्रोतको अपार सम्भावनाबारे पनि कुराकानी गरेका छन्।
राष्ट्रिय मुद्दामा नेपालीहरू एक हुनुपर्ने तर हुन नसकेको बताउँछन् उनी।
उनीसँग गरिएको देशसञ्चार चौतारीको विस्तृत भिडियो: