छन्द कविता लिएर भूषिता फेरि पलेँटीमा

छन्द कविता लिएर भूषिता फेरि पलेँटीमा
default
+
-

काठमाडौँ – छन्द कविता प्रेमीका निम्ति पलेँटीले यसपल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ। भूषिताले झण्डै सातवर्ष पहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन्।

छन्द कविता लयात्मक माधुर्यमा गुञ्जाउन सकिने सुललित साहित्यिक विधा हो। परापूर्व कालमा गेयात्मक कविता संसारभर नै साहित्यको मूल शैली मानिन्थ्यो तर अहिले यो शैली सिमित लयप्रेमी साहित्यिक अनुरागीहरूको रुचिमा बँचेको छ।

स्वच्छन्द शैलीका कविताको लहर चलेसँगै छन्द विधालाई कम महत्व दिने प्रचलनले नेपाली छन्द कविता पनि छायामा पर्दै गएको हो। खासमा यो विधा वाचन परम्परामा जीवित बन्ने विधा हो। भाकामै छन्दको जीवन्तता छ। भाकाले छन्दलाई बचाउने र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने दुबै कर्म एकसाथ गर्न सक्छ।

पलेँटी नेपाली मौलिक गायन परम्पराहरूको अभिलेख राख्न सधैँ उत्साहका साथ क्रियाशील रहेको मञ्च हो। मनग्य प्रचार हुन बाँकी नेपाली छन्द कविता अनेकौं भाकाहरूले भरिएको सुगन्धको खानी हो।

यसपालीको पलेँटीमा भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित गरेको जानकारी गराएकी छन्। उनले विभिन्न कविका भिन्न रसका रचनाहरू छान्दै अभ्यास गरिरहेकी छन्। नेपाली साहित्यका अग्रज कविका कविताका साथै पछिल्लो पुस्ताका रचना समावेस पलेँटीमा भूषिताले आफैँले रचेको कविता पनि प्रस्तुत गर्नेछिन्।

केहीवर्ष पहिले अमेरिकाबाट ‘क्रिएटिभ राइटिङ’को अध्ययन सकेर आएकी भूषिता हाल धरानमा बस्छिन्। अंग्रेजी भाषाका साथै सँस्कृतमा पनि रुचि राख्ने उनी पलेँटीका निम्ति काठमाडौँ आइपुगेकी छन्। नेपालयमा पलेँटीका सङ्गीतकर्मीहरूसँग उनको सहकार्य चलिरहेको छ।

छन्द-पलेँटीलाई नेपालयले एउटा उत्सवका रुपमा लिएको जनाएको छ। यसपालीको छन्द वाचनमा लेखनाथ पौडेल, सोमनाथ सिग्ध्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराईका साथै भूषिताका रचनाहरू समावेस हुनेछन्।

भूषिता बाल्यकालदेखिकै छन्दको माहोलमा हुर्किएकी छन्द-अनुरागी हुन्। उनी छन्द कविताको वाचक मात्र होइनन्; छन्द साहित्यभित्र रहेको सैद्धान्तिक र दार्शनिक पक्षलाई पर्गेल्न रुचाउने अध्ययता पनि हुन्।

‘पलेँटी मेरालागि, आराध्य व्यासासन थियो। त्यसलाई न्याय गर्ने ल्याकत ममा न हिजो थियो न आज। परन्तु, यो सानिध्यले मलाई काव्य साधना गर्न अझ बल दियो। म जति धन्य भएँ, त्यसको अंश मात्र पनि पोख्न पाए यो काव्यको वसन्त-स्नान सार्थक हुने थियो,’ भूषिता भन्छिन् ।

‘पलेँटीलाई दोस्रोपल्ट छन्द कवितासँग सहकार्य गर्ने अवसर जुरेकोमा हाम्रो साङ्गीतिक टिम औधी उत्साहित छ,’ संगीतकार आभास भन्छन्, ‘झण्डै सात वर्ष पहिले गरेको छन्द-पलेँटीको प्रभावले यस विधाप्रति अझै आकर्षण बढेको अनुभूति हुन्छ।’

‘आर’ शालामा आएर यस कार्क्रमको प्रत्यक्ष आनन्द लिन असमर्थ संसारभरका पलेँटी प्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न, लाइभ हेर्ने व्यवस्था पनि गरिएको छ। पलेँटीकै वेब साइटमार्फत ‘पे पर भ्यु’ को अवधारणा अनुरुप यो सेवा प्रयोग गर्न सकिन्छ।

छन्द पलेँटीको प्रस्तुति यही जनवरी महिनाको ३० र ३१ तारिख साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा सम्पन्न हुनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?