‘किताब जात्रा’को विश्व यात्रा अन्तर्गत पाचौं संस्करण भारतमा हुने

‘किताब जात्रा’को विश्व यात्रा अन्तर्गत पाचौं संस्करण भारतमा हुने
+
-
देशसञ्चार AI सारांश
  • पाचौं संस्करणको ‘किताब जात्रा’ भारतको नयाँ दिल्लीस्थित पिएचडी हाउसमा १५ फेब्रुअरीमा आयोजना हुनेछ।
  • महोत्सवमा साहित्यकार, राजनीतिज्ञ, लेखक, सम्पादकलगायतको उपस्थिति रहनेछ र विविध विषयमाथि गम्भीर छलफल हुनेछ।
  • कार्यक्रममा नेपाली किताबको प्रदर्शनीसँगै कवि विप्लव प्रतीकको काव्यिक प्रस्तुती र स्ट्यान्ड अप कमेडियन प्रभात लामाको प्रस्तुती रहनेछ।

काठमाडौँ- ‘किताब जात्रा’को विश्व यात्रा अन्तर्गत पाचौं संस्करण भारतमा हुने भएको छ। किताब जात्रा फाउण्डेशनको आयोजनामा हुन लागेको फेष्टिबल भारतको नयाँ दिल्लीस्थित पिएचडी हाउसमा १५ फेब्रुअरी हुने फेष्टिबल निर्देशक ऋषिराम अधिकारीले जनकारी दिए।

‘किताबको अक्षर वा शब्द थाक्दैनन्। तर, मानिस थाक्छ। कथा भने हिँडिरहन्छ। यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,’ उनै निर्देशक अधिकारीले भने। समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि अनि नेपाली र नेपाली भाषी रहेका ठाँउहरुमा किताब जात्रालाई निरन्तरता दिन चाहेको उनको भनाई छ।

फेस्टिभलमा आधा दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ।

कार्यक्रममा नेपाल र भारतका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ। साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधिलगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ।

महोत्सवमा नेपाली किताबको प्रदर्शनी समेत रहनेछ । साहित्यकार नयन राज पाण्डे, अमर न्यौपाने, सञ्चारकर्मी टीकाराम यात्री, समा थापा, लेखक अतुल के ठाकुर, अनुराग बस्नेत, लेखक डाक्टर श्रीधर खनाललगायत नेपाली र भारतीय लेखक तथा समालोचकहरूको उपस्थिति रहने छ।

महोत्सवमा कवि विप्लव प्रतीकको काव्यिक प्रस्तुती र स्ट्यान्ड अप कमेडियन प्रभात लामाको प्रस्तुती रहनेछ।

साहित्यकारद्वय नयनराज पाण्डे र अमर न्यौपानेको नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुवाद गरेको किताबको दिल्ली विमोचन कार्यक्रम पनि रहेको छ।

नेपालका लागि किताब जात्राको सातौँ संस्करण गए मंसिरमा काठमाडौँमा भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?