अ
+
अ
अ
-
धनगढी- रास्वपाका वरिष्ठ नेता बालेन साह धनगढी पुगेका छन्। आज बिहान कैलाली प्रवेश गरेका साहले कैलालीका विभिन्न क्षेत्रमा भेटघाट गर्दै दिउँसो धनगढी पुगेका हुन्।
धनगढी पुगेका साहको स्वागतमा समर्थकहरूको घुइँचो लागेको छ। धनगढीस्थित कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपाका उम्मेदवार आनन्द चन्दको सचिवालय पुगेका शाहलाई समर्थकहरूले नाराबाजीसहित स्वागत गरेका थिए।
उनले धनगढी बजारको पनि परिक्रमा गरेका छन्। उनी आजै कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर जानेछन्।
तस्बिरहरू:
