नेपालगन्ज पुगे बालेन

नेपालगन्ज पुगे बालेन
+
-

नेपालगन्ज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेपालगन्ज आएका छन्।

नेपालगन्ज भएर बर्दिया हुँदै पश्चिम जान सोमबार आएका बालेनलाई नेपालगन्जमा न्यानाे स्वागत गरिएकाे छ।

कारकादाे बाइपासमा रहेकाे पार्टी कार्यालयमा ठूलाे संख्यामा रहेका कार्यकर्ताले बालेनलाई हुटिङ गरेर स्वागत गरेका थिए।

पार्टी कार्यालयमा पसेर घण्टी बजाउने कार्यक्रम रहे पनि अव्यवस्थित ठूलाे भीडले गर्दा बालेन गाडीबाटै हात हल्लाएर फर्किएका छन्।

अव्यवस्थत भीडले गर्दा पूर्व निर्धारित कार्यक्रम तालिका पनि कटाैती भएको थियो। बागेश्वरी मन्दिर आउने र त्रिभुवनचाैक जाने कार्यक्रम हटाइएकाे थियाे।

बालेन गाडीबाट झर्दै नझरी काेहलपुरतर्फ लागेका छन्।

काेहलपुर र बैजनाथमा केहीबेर राेकिएर बर्दियाकाे बाँसगढी प्रवेश गर्ने कार्यक्रम रहेकाे छ।

रास्वपाका नेता बुद्धिसागर सुवेदीले भीडले गर्दा बालेनलाई गाडीबाट झार्न नसकिएकाे बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?