दाङ-३ : कुन उम्मेदवार के ‘एजेन्डा’ लिएर गाउँ जाँदैछन्?

दाङ-३ : कुन उम्मेदवार के ‘एजेन्डा’ लिएर गाउँ जाँदैछन्?
+
-
देशसञ्चार AI सारांश
  • दाङ निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर गाउँ–गाउँ प्रचारमा सक्रिय रहेका छन्।
  • घनश्याम पाण्डेले तुलसीपुरमा नगर प्रमुख हुँदा गरेका कामकै आधारमा चुनाव जित्न आफू आशावादी भएको बताए।
  • जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र विभिन्न स्वतन्त्र उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा लिएर चुनावी प्रचार अघि बढाएका छन्।

दाङ– फागुन २१ गतेको निर्वाचनको उम्मेदवार मनोनयन भएसँगै उम्मेदवारहरू प्रचारप्रसारका लागि गाउँ पुगिसकेका छन्।

दाङ निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारहरू पनि आ–आफ्ना ‘एजेन्डा’ लिएर गाउँ–गाउँ जान थालेका छन् ।  कांग्रेसका उम्मेदवार दीपक गिरीले आफूले सिँचाइमन्त्री हुँदा बृहत् दाङ उपत्यका सिँचाइ आयोजना ल्याउन भूमिका खेलेको कुरा लिएर जनतामाझ गएका छन् ।

त्यस्तै पश्चिम दाङका सडक सञ्जालमा भूमिका खेलेको गिरीको भनाइ छ । टरिगाउँ एयरपोर्ट विस्तारका लािग पनि पहल गरिरहेको उनी बताउँछन् । दाङलाई सबल र विकसित बनाउन आफ्नो उम्मेदवारी रहेको गिरीले बताए ।

नेपालको संविधान संशोधन गरी जनता मैत्री संविधान बनाउने पनि उनको एजेन्डा छ । उनी २०५१ सालदेखि चुनाव लड्दै आएका छन् ।  यद्यपि उनी अहिलेसम्म दुईपटक मात्रै निर्वाचित भएका छन् । उनी २०७० सालको संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पूर्वप्रमुखको सांसद बन्ने चाहना 

नेकपा(एमाले)बाट चुनावमा होमिएका घनश्याम पाण्डे २३ वर्षको उमेरमा नै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख भएका व्यक्ति हुन् । २०५१ सालदेखि चुनावमा होमिँदै आएका पाण्डे तत्कालीन अवस्थामा उपप्रमुख बने । २०६४ र २०७० मा उनले चुनाव नलडे पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखमा निर्वाचित भए ।

नगर प्रमुख हुँदा आफूले गरेका काम नै चुनाव जित्ने आधार रहेको पाण्डे बताउँँछन् । उनले मेट्रो कलेज स्थापना, अस्वारामा अस्पताल, तुलसीपुरमा व्यापारिक भवन निर्माणजस्ता परियोजनामा काम गरेको भन्दै ती कुरा लिएर जनतामाझ गएको बताए ।

उनले दाङको समृद्धि र विकास, किसानको हक अधिकार सुनिश्चित, स्वरोजगार सिर्जना, टरिगाउँ विमानस्थल व्यवस्थिति, समृद्धि र विकासको हब, शिक्षा र स्वास्थ्य, प्रविधि, उद्यमशीलताको हबका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् । साथै उनले संसद्मा गएपछि संसदीय परम्परालाई जनतामा केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएका छन् । निर्वाचन क्षेत्र भित्रका जनताका समस्यालाई पहिचान गरी समाधान गर्नेतर्फ संसद्लाई केन्द्रित गर्ने उनको योजना छ ।

सडक र पुलको कुरा जनतामाझ लिँदै मास्की  

दुई वर्ष कार्यकाल बाँकी हुँदा नै लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर मास्की (राजेश) प्रतिनिधि सभा सदस्य बन्दै दौडमा छन् ।

उनले उम्मेदवारी आफ्नो मात्रै नभई जनताको मागका रूपमा रहेको बताए । आफू प्रदेशको अर्थमन्त्री हुँदा तथा सांसद हुँदा गहतेखोला सडक स्तरवृद्धि, भमकेखोला, बहुला खोलामा पुल निर्माणजस्ता कार्य गरेको भन्दै उनी यी एजेन्डा लिएर जनतामाझ गएका छन् ।

त्यस्तै गाउँ–गाउँमा सडक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माण गर्ने काम अघि बढाएको उनको भनाइ छ । “मैले चुनावका बेला माथिल्लो सडक स्तरवृद्धि, खोलामा पुल निर्माण जस्ता एजेन्डा बनाएको थिएँ, ती एजेन्डाअनुसार मैले काम गरेँ र परिणाम पनि देखियो”, उनले भने ।

मास्कीले ग्वारखोलादेखि पश्चिमलाई सुन्दर पश्चिम दाङ बनाउने, दामोदर सडक स्तरवृद्धि, ग्वारखोला हाइड्याम्प, प्रादेशिक अस्पतालको स्तरवृद्धि, कृषि क्याम्पस निर्माण, तुलसीपुर–हापुरे चारलेन, राप्ती लोकमार्ग चारलेन बनाउनेजस्ता एजेन्डा लिएर जनतामाझ जान थालेको बताए । उनी २०७९ को निर्वाचनमा पहिलोपटक प्रदेशसभा सदस्य बनेका थिए।

सुवेदी मुद्दा सुशासन र डेलिभरी 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा होमिएका कमल सुवेदी यसअघिको निर्वाचनमा पनि उम्मेदवार थिए  । उनले हाल सुशासन र डेलिभरीको मुद्दालाई अघि सारेका छन् ।

अबको समृद्धि नयाँ दल नै गर्ने दाबी गर्दै उनी ती ऐजन्डा लिएर जनतामाझ गएका छन् । युवा पुस्तालाई स्वरोजगार सिर्जना गर्ने, सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने उनका एजेन्डा छन् ।

अन्य उम्मेदवार पनि चुनावी मैदानमा  

दाङ–३ मा राष्ट्रिय जनमोर्चाले कमला जिसी, मङ्गोल नेसनल अर्गनाइजेसनले घनश्याम चौधरी, मितेरी पार्टीले सन्तोष सिंह, जनता समाजवादी पार्टीले शोभा डाँगी, आम जनता पार्टी (एकल चुनाव चिह्न)ले  पाण्डवी नेपाली, नेसनल रिपब्लिक नेपाल पार्टीले प्रितम चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै संयुक्त नागरिक पार्टीले दलवीर कामी, श्रम संस्कृति पार्टीले टोपबहादुर महतारा, नेकपा (माओवादी)ले बलबहादुर वली, नागरिक उन्मुक्ति पार्टीले महेश चौधरीलाई उम्मेलवार बनाएको छ ।

त्यस्तै स्वतन्त्रबाट भागिराम चौधरी, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्नेत र सिप्रिक कँडेलले उम्मेदवारी दिएका छन् । उनीहरूले पनि आफ्ना एजेन्डा लिएर चुनावी प्रचारमा लागेका छन् ।

विसं २०७९ को समानुपातिक मत हेर्दा कांग्रेस र एमाले थोरै मतले मात्रै तलमाथि छ । कांग्रेसले २६ हजार ५७७ मत ल्याएको छभने एमालेले २६ हजार ११७ मत ल्याएको छ ।

सोही निर्वाचन क्षेत्रमा रास्वपाले १४ हजार ४१० समानुपातिक मत ल्याउँदा तत्कालीन माओवादी केन्द्रको १० हजार ९२५ र एकीकृत समाजवादीको ६९१ मत छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?