रुकुम पश्चिममा कति सहज छ पूर्व माओवादी कमान्डर जनार्दन शर्मालाई?

रुकुम पश्चिममा कति सहज छ पूर्व माओवादी कमान्डर जनार्दन शर्मालाई?
+
-
देशसञ्चार AI सारांश
  • एमालेले रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउने निर्णय गरेकोले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।
  • यसपटक १२ उम्मेदवार भिडिरहेका छन्, जसले गर्दा मत विभाजन हुने संभावना पनि बढेको छ।
  • जनार्दनलाई सघाउन एमालेले आफ्नै उम्मेदवार नन्दराम देवकोटालाई मत नगर्न निर्देश दिने भएको छ।

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गढका रुपमा रहेको रुकुम पश्चिममा एमालेले जनार्दन शर्मालाई सघाउने भएको छ।

शर्मा यसअघि नेकपा अर्थात तत्कालीन माओवादी केन्द्रका नेता थिए। अहिले दर्जनभन्दा बढी पार्टी मिलेर नेकपा भएपछि शर्मा भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)गठन गरेर हिँडेका छन्।

एमालेले नेकपाविरुद्ध उठेका शर्मालाई चुनावमा सहयोग गर्ने सहमति गरेसँगै रुकुम पश्चिमको चुनावी प्रतिष्पर्धा थप रोचक बन्ने देखिएको छ।

शर्मा २०७९ को निर्वाचनमा तत्कालीन माओवादीबाट ३९ हजार ५ सय ४९ मत प्राप्त गर्दै विजयी भएका थिए। तर, अहिले उनको पक्षमा यो मत रहन्छ कि रहँदैन भन्ने विभिन्न तर्कहरू सार्वजनिक हुने गरेको छ।

यो मत तत्कालीन माओवादी धारको रहेको र त्यो अहिले नेकपा भएकाले शर्माले उक्त मत प्राप्त गर्न नसक्ने बताइन्छ। यद्यपि रुकुम पश्चिममा आफूले काम गरेकाले जित सुनिश्चित रहेको बताउँदै आएका छन्।

रुकुम पश्चिम नेकपाको गढका रुपमा रहेको क्षेत्र हो। यसपटक नेकपाबाट गोपाल शर्मा उम्मेदवार रहेका छन्। जनार्दनले पार्टीका आधारमा पाउँदै आएको मत अहिले गोपालतर्फ जाने जिकिर हुँदै आएको छ।

यसअर्थ रुकुम पश्चिममा पूर्व माओवादी नेताहरू जनार्दन र गोपालबीच प्रतिष्पर्धा हुने देखिएको छ। गोपाललाई कमजोर पार्ने गरी एमालेले रुकुम पश्चिममा जनार्दनलाई सहयोग गर्ने भएपछि रुकुम पश्चिम थप रोचक बनेको छ।

अघिल्लो २०७९ को निर्वाचनमा एमाले यहाँ १२ हजार ९ सय ६१ मत प्राप्त गर्दै दोस्रो भएको थियो। यो मत अहिले शर्मालाई जाने गरी एमालेले सहयोग गर्ने भएको छ।

अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा अन्य दलको मत तीन अंकमा नै सिमित बन्यो।

अघिल्लोपटक ६ जना चुनावी प्रतिष्पर्धामा रहेकोमा अहिले १२ जना प्रतिष्पर्धामा छन्। यसकारण मत थप बाँडिने देखिएको छ।

रुकुम पश्चिमा जनार्दन र गोपालसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का, नेकपा माओवादीबाट चन्द्रबहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर बिक र उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी उम्मेदवार रहेका छन्।

यस्तै आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाली काँग्रेसबाट राजु केसी, नेकपा संयुक्तबाट शेरबहादुर केसी र राष्ट्रिय जनमोर्चाबाट सत्यनारायण श्रेष्ठ उम्मेदवार रहेका छन्।

नेकपा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार भए पनि जनार्दनलाई सघाउने सहमितसँगै अब उनको पक्षमा भने एमालेले मत नगर्न निर्देशन गर्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?