- सुदूरपश्चिमकी लीला कुमारी भण्डारी र खम्मबहादुर खाती राष्ट्रीय सभा सदस्यमा क्रमशः ३,९८४ र ३,९६९ मतले विजयी भए।
- महिला तर्फ ४ उम्मेदवारमध्ये भण्डारीकी प्रतिद्वन्द्वी रोजी बस्नेतले १,६७६ मत प्राप्त गरिन्।
- कुल २२० मध्ये २२४ मतदाता रहेकोमा केवल ४ जनाले मतदान नगरेको निर्वाचनमा सहभागिता देखियो।
धनगढी – सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला तर्फ ३ हजार ९८४ मत प्राप्त गरेर भण्डारी विजयी भएकी हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका राेजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन्। यसैगरी, अन्यमा नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। उनले ३ हजार ९ सय ६९ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत पाए ।
प्रदेश सभा सदस्य बराबर ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष बरावर १९ मतभार रहेको छ। ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरि २ सय २० जनाले मतदान गरेका थिए। जम्मा मतदाता संख्या २ सय २४ रहेकोमा ४ मत खसेन।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरियाले मतदान गरेनन्।
महिला तर्फ एक जना र अन्यमा एक जना गरि दुई सदस्यका लागि भएको निर्वाचनमा ४ उम्मेदवार प्रतिस्पर्धामा थिए। नेपाली कांग्रेस र एमालेको गठबन्धन थियो।