अ
+
अ
अ
-
जनकपुरधाम – राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत मधेस प्रदेशमा ९३.६८ प्रतिशत मत खसेको हो ।
निर्वाचत अधिकृतको कार्यालयका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय रहेकोमा २३ जनाले मतदान गरेका छैनन्।
निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार एक सय जना मधेश प्रदेश सभा सदस्य मध्ये ९९ जना र स्थानीय तहतर्फ २ सय ४२ जनाले मतदान गरेका हुन्। प्रदेश सभा तर्फ नेपाल संघीय समाजवादीको सांसद बिमला अन्सारीले मतदान गरेकी छैनन्।
निर्वाचन अधिकृतका अनुसार अब केहीबेरमा मतगणना सुरु हुनेछ।