अ
+
अ
अ
-
नेपालगन्ज– नेपालगन्जमा ७५ हजार राशिको फुटसल प्रतियोगिता सुरु भएको छ। ईश्वरी युनाइटेड प्रालीले आयोजना गरेको प्रतियोगितामा १६ वटा टिमले भाग लिएका छन्।
गोलफेस्ट २०२६ नाम दिइएको प्रतियोगिताको उद्घाटन खेलमा बैंकर्स एन्ड ब्रदर्सले युनाइटेड एफसीलाई ५–१ गोलले पराजित गरेको छ। आदर्शनगरमा रहेको बागेश्वरी फुटसलमा प्रतियोगिता भइरहेको छ।
ईश्वरी युनाइटेड प्रालीका अध्यक्ष सौगातविक्रम शाहले रेफ्रीद्वय मनिष थापा र केशव रानालाई बल हस्तान्तरण गरेर प्रतियोगिताको सुरुवात गरिएको थियो । प्रतियोगिता यस क्षेत्रमै ठूलो धनराशीको भएको आयोजकको दाबी छ।