निपाह भाइरसको जोखिम बढेपछि सरकारले थाल्यो सीमानाकामा निगरानी

निपाह भाइरसको जोखिम बढेपछि सरकारले थाल्यो सीमानाकामा निगरानी
+
-

काठमाडौँ – छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च शतर्कता अपनाएको छ।

भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको हो।

बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए।

प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिए।

निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ।

निपाह संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले सबैमा अपिलसमेत गरेको छ।

निपाह भाइरस के हो?

निपाह भाइरस एक घातक जोनोटिक भाइरस हो। जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ। यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट मानिसमा सर्छ। अहिले यो भाइरस फेरि चर्चामा आएको छ। किनकि भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा यसका केसहरू पुष्टि भएका छन्।

जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुई जना नर्सहरूमा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ। दुवै नर्सहरू नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन्। एकजना कोमामा र अर्की भेन्टिलेटरमा छन्। यी केसहरू १९ वर्षपछि पश्चिम बंगालमा निपाहको पुनरागमन हो। पहिले २००१ र २००७ मा केसहरू देखिएका थिए।

लक्षण

सुरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या हुन्छ। पछि मस्तिष्क सुन्निने (इन्सेफ्लाइटिस), कोमा र मृत्यु हुनसक्छ।

कसरी सर्छ?

चमेरोले टोकेका वा दुषित फलफूल/खजुरको काँचो रस खाँदा र संक्रमित व्यक्तिको र्‍याल, खकार वा शारीरिक सम्पर्कबाट (मानिसबाट मानिसमा) सर्नसक्छ।

रोकथामका उपायहरू

– काँचो खजुरको रस नपिउने।
– चमेरोले टोकेका फलफूल नखाने।
– संक्रमितसँग सम्पर्क भएमा तुरुन्तै स्वास्थ्य जाँच गराउने।
– हात धुने, मास्क लगाउनेजस्ता सावधानी अपनाउने।

अहिले निपाहको लागि कुनै विशेष औषधि वा खोप उपलब्ध छैन तर सहयोगी उपचारले ज्यान बचाउन सकिन्छ। विश्व स्वास्थ्य संगठनले यसलाई प्राथमिकतामा राखेको छ र खोप विकास भइरहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?