नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारमा बस दुर्घटना, ६ जना विद्यार्थी घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारमा बस दुर्घटना, ६ जना विद्यार्थी घाइते
+
-

नवलपुर (नवलपरासी) – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन्।

झापाको बिर्तामोडस्थित निभी आदर्श कलेजका विद्यार्थी बोकेको ग१ख ९५४६ नं को बस आज दिउँसो दुर्घटनामा परेको हो। शैक्षिक भ्रमणमा आएका कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी बोकेर पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दुर्घटनामा घाइते भएका विद्यार्थीमध्ये चार जनाको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेका तथा दुई जनालाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको खड्काले बताए।

दुर्घटनामा परी घाइते भएका झापाको बिर्तामोड नगरपालिका–८ का १८ वर्षीया छात्रा उन्नति पाठक र १८ वर्षीय गगन नेचेलाई थप उपचारका लागि भरतपुर पठाइएको उनले बताए।

दुर्घटनामा परी घाइते भएका १८ वर्षीय अनिल जयसवाल, १८ वर्षीय अङ्कित सिटौला, १८ वर्षीय साङनुमा लिम्बू र १७ वर्षीया पवित्रा गुरुङको स्थानीय बुलिङटार अस्पतालमा उपचार भइरहेको खड्काको भनाइ छ। बस र बस चालक इलाका प्रहरी कार्यालय बुलिङटारको नियन्त्रणमा रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?