झापाका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता, ८१ जना चुनावी मैदानमा

झापाका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता, ८१ जना चुनावी मैदानमा
+
-

झापा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको छ।

निर्वाचन आयोगले तोकेको बिहान १० देखि साँझ ५ बजेसम्मको समयभित्र विभिन्न २१ वटा राजनीतिक दल र स्वतन्त्र गरी कुल ८१ जनाले प्रत्यक्षतर्फ आफ्नो मनोनयन दर्ता गराएका हुन्।

क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यहाँ नेकपा एमालेका रामचन्द्र उप्रेती, नेपाली कांग्रेसका केशवराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी र राप्रपाका हेमराज कार्की मुख्य प्रतिस्पर्धामा देखिएका छन्।

त्यसैगरी, क्षेत्र नं. २ मा १८ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट देवराज घिमिरे, नेपाली कांग्रेसकी सरिता प्रसाई, रास्वपाकी इन्दिरा राना मगर र राप्रपाका भद्रप्रसाद नेपालले मनोनयन दर्ता गराएका छन्।

क्षेत्र नं. ३ मा १७ जनाले उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका हरि राजवंशी र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

क्षेत्र नं. ४ मा १६ जनाको उम्मेदवारी दर्ता भएको छ। जहाँ नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू, नेपाली कांग्रेसका देउकुमार थेवे, राप्रपाका भक्तिप्रसाद सिटौला र रास्वपाका शम्भु प्रसाद ढकाल चुनावी मैदानमा छन्।

क्षेत्र नं. ५ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसकी मन्धरा चिमरिया र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह लगायतका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

यस क्षेत्रमा राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला र नेकपाबाट रञ्जित तामाङ प्रतिस्पर्धामा उत्रिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?